काठमाडौं– गोरखा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आरूघाट असपास केन्द्र भएर भूकम्प गएको हो। आइतबार बिहान ४ बजेर ९ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।