स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा १६ करोड रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत १६ करोड ३१ लाख २१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।
नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी ६ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले जानकारी दिए।
नगरपालिकाका १४ वडामा ७० वर्षभन्दा माथिका तीन हजार २८६, ज्येष्ठ नागरिक, दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय÷विधवा ८७२, अपाङ्ग भत्ता क वर्ग १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कुल छ हजार ६२८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।