फाइल तस्बिर
काठमाडौं– विजया दशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडा दशैंको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ।
पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पुर्याएर जात्रा सम्पन्न गर्ने गरिन्छ।
बडा दशैंको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ।
पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुर्ब्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।