• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अस्पतालमा भेटिएका ती दुःखी आमाहरु

डा. स्वेच्छा अधिकारी मंगलबार, कात्तिक २, २०७८  ०७:०४
1140x725

सोचेकी थिइनँ, अस्पताल पुग्ने बित्तिकै मेरो अगाडी एक्कासी यस्तो भयावह स्थिति आउँछ भनेर।

हर्ष र उत्साहका साथ झरनामा रमाउँदै, धित मरुञ्जेल फोटो खिच्दै र मन सन्तुष्ट हुने गरी रमाइलो गर्दै करिब डेढ घण्टाको यात्रापछि म दोलखा अस्पतालको प्राङ्गणमा पुगेको थिएँ। यात्राका क्रममा देखिएका झरनाको मनमोहक दृश्य र खोला–नालाका आवाज मेरो मस्तिष्कमा ताजै थिए।

तर, अस्पताल पुग्नेबित्तिकै मेरो मनस्थिति बदलियो।

इमर्जेन्सी अगाडि रुवावासी थियो। एउटी आमा ‘मेरो छोरा, बाबु फिर्ता आऊ’ भन्दै छाती पिट्दै थिइन्। वरिपरि उनलाई सम्झाउनेहरुको ठूलै भिड थियो। सायद परिवारका अन्य सदस्य थिए। अस्पतालका सबै कर्मचारी इमर्जेन्सीमै थिए।

‘के भएको हो?’ भनेर मैले कसैलाई सोध्ने आँट गरिनँ। बिस्तारै पर्दाले घेरेको बेडतिर पुगेँ। जीवनसँग हार खाएको करिब १२ वर्ष जस्तो लाग्ने बच्चा लडिरहेको थियो। सोधपुछ गर्दा थाहा भयो, आमाले एक झापड हानेको निहुँमा आमाकै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरको रहेछ।

त्यति कलिलो उमेरमा आफ्ना कोपिलाजस्ता फक्रँदै गरेका सपनालाई चुँडेर, अनि आफ्ना आमाबाबुलाई जीवनभरीलाई पुग्ने मृत्युसरी पश्चातापको पीडा दिएर उसले जीवन समाप्त पारेछ। त्यो नमीठो दृष्यपश्चात् मेरा पाइलालाई अघि बढ्ने साहस बटुल्न निकै गाह्रो भइसकेको थियो।

पढाइ र पेसाले नै सायद हाम्रो मुटुलाई ढुङ्गामा परिणत गरेको हुन्छ। त्यसैले त अरुको होस नै हराउने परिस्थितिमा पनि हामी आँशुलाई घुटुक्क निलेर, पीडा र त्रासलाई आफ्ना नयनमा लुकाएर बिरामीको सेवामा उत्रन्छौँ। त्यो दिन मेरा लागि एउटा परीक्षा समान थियो। आफ्नो निडरताको परीक्षा। आफ्नो शक्तिको परीक्षा।

भावविह्वल गराउने त्यस दृष्यलाई छाडेर म अघि बढेँ। अर्को बेड नजिक मेरा सिनियर, जुनियर तथा अन्य स्वास्थ्यकर्मी जम्मा थिए। धेरै साहस बटुलेर मैले आफ्ना आँखाका पर्दा उघारेर हेरेँ।

Ncell 2
Ncell 2
nimb
nimb

पीडाले छटपटाइरहेकी आठ दिनकी कलिली शिशु।

उनको श्वासप्रश्वास यति छिटो चल्दै थियो कि, मानौँ निभ्नुअगाडि दियोको बत्ती दन्किएर बल्दैछ। उनका कोखा यति बेस्सरी हान्दै थिए कि, कुनै पम्पले उनको फोक्सोको हावा फुक्ने र छोड्ने गर्दै छ जस्तै लाग्ने। अनि, नाकमुख यसरी थरर... काम्दै थिए कि, मानौँ उनका सामुन्ने कालदेवता प्रकट भएर उनलाई पुकार्दै थिए। अक्सिजनको पाइप उनका नाकमा लगाइसकिएको थियो। तर यस्तो लाग्दै थियो, उनको फोक्सोले त्यसलाई प्राप्त गर्न सकिरहेको छैन।

यस्तै विचार र भावनामा म एकछिन टोलाउन पुगेँ। अनि केही सेकेन्डमै झस्किएर वास्तविक संसारमा पुनः प्रवेश गर्दै उनलाई जाँच्न तम्सिएँ। जाँच्ने क्रममा उनका दुई नेत्रले मलाई आफू जिन्दगीसँगको खेलमा जन्मिने बित्तिकै हार खाएको बताउँदै थिए।

आफ्नो आँखा बन्द गरेर ‘आफ्नो क्षमता र विवेकअनुसार बिरामीहरुको हितका लागि म सदैव अगाडि बढ्ने छु’ भनेर लिएको ‘हिप्योक्रेटिक’ शपथलाई सम्झिएँ। छोटो सामूहिक सल्लाहपछि ती बालिकाका मातापितालाई उनको स्वास्थ्यको जटिलताबारे बुझाएर मञ्जुरीनामा पश्चात् वार्डमा भर्ना गर्‍यौंँ।

शहरी क्षेत्रबाट अलि टाढा बनाइएको अस्पताल भएका कारण हामी एकछिन अन्योलमा पनि थियौँ, ‘कतै हामीले उनलाई भर्ना गरेर गल्ती त गरिरहेका छैनौँ?’

‘‘अहँ’, हाम्रो अन्तरआत्माले भन्दै थियो। त्यति नाजुक अवस्थामा यदि हामीले बालिकालाई अर्को अस्पताल रिफर गरेर पठायौँ भने सायद त्यसको आधा घण्टामा उनको जीवनको त्यान्द्रो चुँडिन्थ्यो। त्यसैले रातभरिमा बच्चाको स्थितिमा सुधार ल्याएर ठूलो अस्पताल पठाउनै परे पनि भोलिपल्ट बिहान मात्र पठाउने सोच बनायौँ। त्यसबेला रातको साढे ११ बज्दै थियो।

बालिकालाई वार्डमा भर्ना त गरियो, तर शरीरमा घट्दो क्रममा रहेको अक्सिजनको मात्रालाई जति नै बाहिरबाट अक्सिजन दिए पनि रोक्न सकेनोँ। अन्ततः एनआईसीयूको ढोका खोलेर उनलाई भित्र राखियो। ‘इमर्जेन्सी इन्टुबेसन’ गरेर भेन्टिलेटरमा उनलाई जोडियो। मुटुको चाल घटबड भइरहेको र ब्लडप्रेसर एकदम थोरै भएका कारण प्रेसर बढाउने चारैथरी दबाई दिन हामी बाध्य भयौँ।

रगतको जाँच गर्दा उनमा सेतो रगत (प्लेटिलेट्स) को एकदम कमी देखियो। यति थोरै कि उनको शरीरको कुनै पनि अङ्गबाट कुनै पनि बेला रगत बग्न सक्थ्यो। टाउकोको भिडियो एक्सरे गरेर हेर्दा अलिअलि रगत बगेको देख्न त थालिसकिएको थियो।

नाकबाट पेटसम्म पुग्ने गरी हालिएको फिडिङ पाइपमा पनि रगत देखिन थाल्यो। भोलिपल्ट बिहानको सूर्योदयसम्म उनको जीवन अस्त हुने देखेर हाम्रो आशा मर्न थालेको थियो। रातको ३ बजेसम्म उनका लागि त्यस बखत गर्नुपर्ने र गर्न सकिने उपचारका सबै काम गरेर हामी आफ्नो क्वार्टरतिर लाग्यौँ।

दुई घण्टापछि भर्खर आँखा के लाग्न थालेको थियो, त्यही बेला फोनको घन्टी बज्यो। सिस्टरको फोन रहेछ। उनी भन्दै थिइन्, ‘डाक्टर स्याचुरेसन कम देखाइराखेको छ।’

छिटो–छिटो हिँडे पनि पाँच मिनेट लाग्ने र अस्पताल आउँदा उकालो पर्ने बाटो थियो। हामी दौडिँदै स्याँस्याँ गर्दै अस्पताल पुग्यौँ। भेन्टिलेटरले आफ्नो काम गरिरहेको थियो। उनको फोक्सोसम्म अक्सिजन भने पुग्न पाएको थिएन। त्यसको कारण ‘इन्डोट्रेकियल ट्युब’को टुप्पामा रगतको ढिक्का बसेर बन्द भएको रहेछ। त्यसैले हामीले पुनः इन्टुबेसन गर्‍यौँ। अरु औषधिहरु पनि मिलायौँ। अनि सिस्टर र मेडिकल अफिसरको जिम्मेवारीमा क्वार्टरतर्फ लाग्यौँ।

बिहान ८ बजेसम्ममा बालिकाको स्थितिमा हल्का सुधार देखियो। श्वास रहुञ्जेल आश भनेजस्तै हामीले पनि उपचारलाई अगाडि बढायौँ। त्यसबेला हाम्रो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका रगतहरु ठूलो अस्पतालबाट मगायौँ। साँझसम्म बालिकालाई दिएपछि उनको स्वास्थ्यस्थिति सुधारको बाटोतिर मोडिएको जानकारी उनका अभिभावकलाई पनि दियौँ। हामी सबै खुसी थियौँ।

त्यस रात आनन्दमय बित्नेछ भन्ने कुरामा हामी कसैलाई संकोच थिएन। तर, हामी गलत थियौँ। रातको ४ बजे बालिकाको मुटुको चाल तथा शरीरमा अक्सिजनको मात्रा घट्दै गएको खबर आयो। हामी दौडिँदै एनआईसीयू पुग्यौँ। सीपीआर सुरु गरियो। मुटुको चाल बढाउने औषधिहरु पनि दिइयो। तर, उनको आँखाको नानी फुलिसकेको थियो। हातगोडा चिसो भइसकेको थियो। शरीर दह्रो भइसकेको थियो। तसर्थः उनको आत्माले देह त्याग गरिसकेको थियो।

गर्भमा जन्म लिएदेखि नै हरेक शिशुको स्वास्थ्य अधिकार हुन्छ। यदि शिशुलाई गर्भदेखि उनीहरुको अधिकार दिन सकिँदैन भने कसैलाई पनि आमाबाबु हुने अधिकार छैन।

२७ वर्षीया आमाको पहिलो गर्भबाट जन्मिएकी सन्तान थिइन्, ती बालिका। जन्म लिने बित्तिकै रगतमा संक्रमण देखिएका कारण जन्मिएकै अस्पतालमा भर्ना गरेर राखिएको थियो। भर्ना गरिएको छैटौँ दिनमा जन्मेलगत्तै गरिने रीति रिवाज र धार्मिक क्रियाकलापका लागि चिकित्सकको सल्लाह विपरीत अभिभावकको अनुरोधमा डिस्चार्ज गरेर घर लगिएको रहेछ।

त्यति मात्र नभई उनलाई पूजाको लागि पवित्र बनाउने बहानामा पानीमा मज्जाले नुहाइदिइएको रहेछ। राम्रोसँग सञ्चो नभइकन घर लगिएकी उनलाई नातागोताले बोक्ने र खेलाउने गरेका थिए। जस कारण उनी झन् ठूलो संक्रमणको शिकार बन्न पुगिछन्। अनि, आठौँ दिनमा उनलाई अस्पताल ल्याइएको रहेछ।

त्यस्तो व्यवहारबारे हामीले प्रश्न गर्दा बालिकाकी आमाले आँखाभरी आँशु पार्दै भनिन्, ‘मैले त नुहाउन हुन्न होला, बच्चालाई आराम दिनुपर्छ होला भन्दै थिएँ, तर घरका बुज्रुकहरुको अगाडि मेरो के लाग्छ र?’

बच्चालाई जाँच्ने क्रममा पहिलो रातमै हामीले थाहा पाएका थियौं कि उनलाई ‘डाउन्स सिन्ड्रोम’ भन्ने समस्या थियो। जस कारण शरीरको बनावटमा अनेक भिन्नता हुनुका साथै रोगसँग लड्ने क्षमतामा पनि सामान्य बालिबालिकाको भन्दा कम हुन्छ।

यो कुरा थाहा पाउने बित्तिकै हामीलाई उपचारको सफलातामाथि शंका उत्पन्न भइसकेको थियो। गर्भमै हुँदा राम्रोसँग उपचार लिएको भए, दक्ष चिकित्सकसँग सरसल्लाह लिएको भए सायद ती बालिकाका आमाबाबुलाई पनि यो कुरा पहिले नै जानकारी हुने थियो। जन्मपश्चात पनि सावधानी अपनाउन सजिलो हुने थियो।

यस घटनाले हाम्रो समाजको परम्परागत अन्धविश्वास र अज्ञानताको स्तरलाई नजिकबाट देखाउँछ। गर्भमा बच्चा बसेको थाहा भएपछि दक्ष चिकित्सकहरुबाट सल्लाह नलिइनु, गर्भमा रहेको शिशुको शारीरिक बनावट ठीक छ कि छैन भनेर पाँचदेखि ६ महिनामा गरिनुपर्ने भिडियो एक्सरे नगराइनु, जन्मेपछि रगतमा संक्रमण देखिएर उपचारार्थ रहेको बच्चालाई धार्मिक क्रियाकलापको नाममा घर लगिनु र त्यसमा पनि स्नान गराइनु। कति अज्ञान छ हाम्रो समाज!

हामीले जतिनै सम्झाइ बुझाई गरे पनि पहिलो गर्भको सन्तान काखमा नहुनु आमाको लागि कति पीडादायी हुन्छ, त्यो कसैले बुझ्न सक्दैन। त्यसमा पनि निर्दोष गर्भलाई नै दोष दिइने डर उनको आँखामा टिलपिल गर्दै थिए।

ती महिलाले आँखाभरी आशु बनाउँदै हामीलाई प्रश्न गरिन्, ‘डाक्टरसाब मेरो कोख नै खराब त हैन नि है? अर्को बच्चा पनि यस्तै हुन्छ त डाक्टरसाब? मबाट ठूलो गल्ती भयो हैँ!’

अनि, मैले उनको हात समातेर सान्त्वना दिँदै भने, ‘बच्चालाई डाउन्स सिन्ड्रोम हुनुमा तपाईको केही गल्ती छैन। अगाडि नै अस्पतालमा नियमित गर्भको जाँच गराउन आउनुभएको भए धेरै सावधानी अपनाउन सकिन्थ्यो।अब अर्को गर्भमा सुरुबाटै आफ्नो र आफ्नो शिशुको स्वास्थ्यलाई सामाजिक रीतिरिवाज, आफन्तको दबाब र घरका कामकाजभन्दा बढी प्राथमिकता दिनु होला।’

उनको अनुहार उज्यालिएको थिएन। त्यै पनि अन्तमा मैले मुस्काएर भने, ‘अब नआत्तिनुहोस्, तपाईको गर्भ स्वच्छ छ, दूषित छैन।’ तर, उनको अनुहारमा अझै पश्चाताप थियो।

-डा. अधिकारी धुलिखेल अस्पताल काभ्रेमा एमडी रेसिडेन्ट (बाल रोग) हुन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्