काठमाडौं- हाल देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज हिन्दू नेपालीहरुले विजया दशमीको टीका लगाउँदै छन्। आजको मौसम कस्तो रहला भन्ने चासो हुनु स्वभाविक हो।
आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।