काठमाडौं– महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पुर्याएको थियो
उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न आदेश दिएको हो। रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ।
न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका(७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।