काठमाडौं– नेपाली फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा राष्ट्रपतिले नेपाली फुटबल टोलीलाई बधाई दिएकी हुन्।
साफ फुटबल प्रतियोगिताको इतिहासमै पहिलोपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा राष्ट्रपतिले नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’मार्फत बधाई दिएकी हुन्। राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन्।
बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।