काठमाडौं– चलचित्र ‘उचाइँ’ को छायांकनका लागि भारतका अभिनेताहरु अहिले नेपालमा छन्। सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा, अभिनेता बोमन इरानी, अनुपम खेर लगायत अहिले नाम्चे पुगेका छन्।
यसबीच खेरले नाम्चेका बालबालिकालाई स्वेटर बाँडेको छन् भने परिणीतिले नाम्चेको सडकमा किशोरीहरुसँग फुटबल खेलेकी छन्।
परणीतिले नाम्चेका बालबालिकासँग फुटबल खेलेको भिडियो बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छन्।
नाम्चेको सडकमा उनी किशोरीहरुसँग फुटुबल खेल्दै रमाइरहेको भिडियोमा देख्न सकिन्छ।
भिडियोसँगै परणीतिले लेखकी छिन्, ‘समुद्री सतहभन्दा ११ हजार फिटमाथि सडकको बीचमा साना किशोरीहरुसँग फुटबल खेल्दै छु। मेरो लागि जीवन यस्तै स–साना हृदयस्पर्शी क्षणहरुको संगह्र हो।’
४० दिन नेपालमा छायांकन गरिने फिल्मका लागि आएका चोपडा, इरानी, खेर लगायतले नेपालको आतिथ्य र नेपालको खुलेर प्रशंसा गरिरहेका छन्। उक्त फिल्म साथीहरुको मित्रतासँग जोडिएको कथामा आधारित रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।