काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवरात्रको अवसरमा कन्यापूजन गरेकी छिन्। बिहीबार राष्ट्रपति भण्डारीले शीतलनिवासमा कन्या पूजा तथा उपहार प्रदान गरेकी हुन्।

हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंको आज नवौं दिन सिद्धिदात्री देवीको पूजा अर्चना गरि मनाइँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाको पूजा अर्चना गरी दशमीको दिन प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

९ दिनसम्म देवीका शैलपुत्री, ब्रम्हचारीणी, चन्द्रघद्रघण्टा लगायत देवीको पूजा अर्चना गर्ने र सोही देवीहरुको नाममा रजश्वला नभएका कन्यालाई देवीको स्वरुपको रुपमा पूजा गर्ने प्रचलन रहेको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।