काठमाडौं-कोरोना महामारीका कारण गत वर्ष बन्द रहेको तलेजु भवानीको मन्दिर यसपटक खुला गरिएको छ।
काठमाडौंको हनुमानढोका दरबारमा रहेको उक्त मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्छ। कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेसँग आज मन्दिरमा दर्शनार्थीको भिड लागेको थियो।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको थियो।














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।