काठमाडौं– बडादशैंले नेपाली समाजमा राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
बडादशैँ पर्वको अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली सांस्कृतिक चाडपर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामनासमेत गरेका छन्।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान् पर्व दशैं नेपाली समाजको एकताको मौलिक पहिचान भएको उनको भनाइ छ। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु आमनेपालीको साझा दायित्व भएको बताउँदै उनले बडादशैँलगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको चर्चा गरेका छन्।
चाडपर्वहरूले नेपाली समाजका मूल्य, मान्यता र संस्कारलाई थप बलियो बनाउन मद्दत पु¥याउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।