• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीले डेढ वर्षदेखि खोज्दा पनि फेला नपरेका बम्जन कहाँ छन्?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २, २०७८  ०९:४०
1140x725
फाइल तस्बिर

काठमाडौं- लिटिल बुद्ध उर्फ रामबहादुर बम्जन विगत डेढ वर्षदेखि नेपाल प्रहरीको ‘मस्ट वाण्टेड’ (सर्वाधिक खोजी) सूचीमा छन्। आफ्नै आश्रमका आनीलाई बलात्कार गरेको आरोपमा २०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएसँगै उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा परेका थिए।

पक्राउ पुर्जी जारी भएसँगै बम्जनको व्यापक खोजी जारी राखे पनि डेढ वर्ष बितिसक्दासमेत उनको सुइँकोसम्म प्रहरीले पाउन सकेको छैन। उनी कहाँ छन्, के गरेर बसेका छन् भन्ने विषयमा अहिलेसम्म प्रहरीले केलाउन सकेको छैन।

प्रहरीले बम्जनलाई पक्राउ गर्न भनेर महिनौं लगाएर गरेको अनुसन्धान र अपरेसनसमेत पटक-पटक फेल खाएका छन्। लोकल प्रहरीदेखि अनुसन्धानको विशिष्टीकृत एकाइसम्मले बम्जनको पक्राउको अपरेसन गरे पनि त्यो सफल हुन सकेको छैन। यद्यपि, उनीमाथिको निगरानी र खोजी भने जारी रहेको प्रहरीले बताउँदै आएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका निर्देशक तथा डीआईजी धीरजप्रताप सिंह बम्जनको अवस्थाबारे प्रहरीले सूक्ष्म रुपमा निगरानी गरिरहेको बताउँछन्। ‘बम्जनको खोजी जारी छ। तर, अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन। आश्रममा बाहिरी मान्छेसमेत छिर्न समस्या हुने भएकाले उनको खोजीमा पनि जटिलता भइरहेको छ,’ डीआईजी सिंह भन्छन्।

उनलाई पक्राउ गर्न भनेर सीआईबीले मात्रै तीन पटक अपरेसन गरेको थियो। तर, तीनवटै अपरेसन फेल भएका थिए। सिन्धुली सदरमुकामबाट पाँच किलोमिटर पश्चिमतर्फको घना जङ्‍गलमा करिब ४० बिघा जमिन बोधीमार्ग दर्शनमैत्री धर्मको नाममा बम्जनको आश्रम छ।

रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर,१४ वर्षसम्म कैद सजाय माग
रामबहादुर बम्जन

त्यही बोधीमार्ग धर्मका अनुयायीहरुलाई बम्जनले प्रशिक्षण दिँदै आएका थिए। यो सूचना पाएपछि सीआईबीले चार महिनादेखि गत वर्षको असार ४ गते साता अपरेसन गरेको थियो। तर प्रहरी सफल हुन सकेको थिएन। करिब १० घण्टा लामो अपरेसन गरे पनि प्रहरी सफल हुन सकेको थिएन। कुकुरदेखि अत्याधुनिक मेसिनसमेतको सहयोगमा बम्जनको खोजी भए पनि प्रहरी रित्तो हात फर्किएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएरै भए पनि प्रहरीले जिल्ला अदालत सर्लाहीमा २०७७ असार १९ गते मुद्दा दायर गरिसकेको छ।

तीन पटक अपरेसन गर्दा पनि बम्जन फेला नपरेपछि उनलाई पक्राउ गर्न भनेर प्रहरी हेडक्‍वार्टरले ७७ जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर नै गरेको थियो। तर अहिलेसम्म पनि बम्जनको कुनै गतिविधि फेला नपरेपछि प्रहरी अधिकारीहरु उनी भारत प्रवेश गरेको हुनसक्ने आशंका गर्छन्। एक प्रहरी अधिकृतले नेपाल लाइभलाई सुनाए, ‘अहिलेसम्म पनि केही शंकास्पद गतिविधि नदेखिएकाले उनी भारत नै छिरे कि भन्ने हाम्रो आशंका छ। यद्यपि, उनका अनुयायीहरु भने ध्यानमा रहेको भन्ने जवाफ दिने गरेका छन्।’

मुलुकी अपराधसंहिता २०७४ नआएको भए सम्भवत: बम्जनविरुद्ध जबरजस्ती करणीको मुद्दा लाग्ने थिएन। उनीमाथि लागेको आरोपले एक वर्ष नाघिसकेको थियो। तर मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सोही प्रावधानमा टेकेर २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अनुसन्धान प्रक्रिया अनुसार पुर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको हो। तर बम्जन पक्राउ नपरेकाले बयान लिन प्रहरी असफल भएको थियो।

फाइल तस्बिर: बम्जनको आश्रममा तालिमप्राप्त कुकुर लगाएर अनुसन्धान गर्दै प्रहरी।

कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएरै भए पनि प्रहरीले जिल्ला अदालत सर्लाहीमा २०७७ असार १९ गते मुद्दा दायर गरिसकेको छ। मुद्दा दर्ता भइसकेपछि अदालतमा उपस्थित भएर बम्जन आफैंले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्नुपर्ने भए पनि उनी अदालतमासमेत उपस्थित भएका छैनन्। उनी अदालतमा उपस्थित नभए पनि अदालतले भने मुद्दाको प्रक्रिया अघि बढाइरहेको छ।

बम्जनमाथि बलात्कारका साथै व्यक्ति बेपत्ता पारेको आरोप पनि लागेको छ। आनीहरू सर्लाहीकी रीता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बम्जन आश्रमबाट बेपत्ता भएको र उनलाई बम्जनले बेपत्ता पारेको आरोप छ। बम्जनमाथि हत्यामा संलग्न रहेको आशंकामा पनि अनुसन्धान भएको थियो। सीआईबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नूनको पोका फेला परेको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्