१) रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रबाट 'सुकुम्बासी'लाई हटाउन खोज्दा झडप, सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु, केही व्यक्ति घाइते । (प्रहरीद्वारा गोली प्रहार)
२) माइतीघरबाट पक्राउ परेकी रुवीलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश, महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुनुपर्ने । ( सर्वोच्चको आदेश)
३) मन्त्री नियुक्ति भएसँगै विवादमा मुछिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिए राजीनामा, राजीनामा आफ्नो अन्तरआत्माको निर्णय भएको हमालको प्रतिक्रिया । (मन्त्री हमाल पदमुक्त)
४) चिनियाँ दबाब अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवनले निरन्तरता पाउने राष्ट्रपतिको भनाइ, ताइवानमा चीनको सैन्य विमान उड्नाले राष्ट्रिय र हवाई सुरक्षामा असर परेको उल्लेख । (ताइवानको प्रतिरक्षा)
५) र, आरसी ३२ फुटबल एकेडेमी सुर्खेत ‘सी’ डिभिजन लिगमा छनोट, अन्तिम खेलमा समाजसेवी क्लब झापा पेनाल्टी सुटआउटमा ५-३ ले पराजित । (आरसी ३२ ‘सी’ डिभिजनमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।