• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

ऐरावतीपारिका गाउँ

64x64
युवराज नयाँघरे शनिबार, असोज ३०, २०७८  ०७:१०
1140x725

‘जति पूजा गरे नि कमै हुन्छ!’ ऐरावती किनारमा पुग्नेबित्तिकै अमित बोले।

एकाबिहानै होमनाथ ढकाल धर्मशाला आइपुगेथे। उनी आउनुभन्दा अगाडि नै हामी उठेर तयार भइसकेका थियौँ। नदी सेरोफेरोको संसार नियाल्न आतुर थिए हाम्रा मन, आँखा र चेतना।

एउटै गाडीमा कऱ्याककुरुक पारेर लगे होमनाथले।

चिना बजार छिचोली रामपुर नाघेर हामी ऐरावती पुग्यौँ। विशाल ऐरावती हेर्नेबित्तिकै मेरो मनमा श्रद्धाका लहर, मायाका तरङ्ग र आदरका शब्दहरू उर्लिन थाले।नेपालीका ओठको ऐरावती। म्यान्मालीहरूको उच्चारण- एयावटी।

युवराज नयाँघरे

मैले दुवै शब्द पटकपटक बोलेर त्यो विशाल जलसंसारलाई हृदयदेखि नै प्रेम गरिरहँ, ममता पोखिरहँ, स्नेह अर्पिरहें।

एरावतीसँग बर्माको इतिहास गाँसिएको छ। त्यो इतिहासमा गोरखाको विगत टाँसिएको छ। तिनै अनेक कथा र व्यथासँग म्यान्माली वर्तमान बाँचेको छ।

उत्तरदक्षिण लहर बोकेर कुदिरहेको ऐरावतीसँग नेपाली समाज नजिकिएको वर्ष भयो। यसका किनारमा गाईभैंसी पालेर खेतीपाती गरेर, सानोतिनो व्यापार धानेर धेरै नेपालीका निकै पुस्ता बितिसके।

ऐरावती देख्नेबित्तिकै म पानीमै भएँ। ऐरावतीको भावनाले पारेको तरलतासँग मरो सिङ्गो हृदय कोमल भयो एकाएक।

Ncell 2
Ncell 2
nimb
nimb

ऐरावतीको जल महत्त्व र यसको ऊर्जालाई आदर गरेरै अमितले नदीलाई प्रेमपूर्ण भनेका होलान्- जति पूजा गरे नि कमै हुन्छ!

हो, नदीसँग उर्वरता हुन्छ। हो, नदीसँग शीतलता हन्छ। हो, नदीसँग जलको सौन्दर्य हुन्छ। हो, नदीसँग सभ्यताको पोषण हुन्छ।

ऐरावतीले पनि त्यही सम्पूर्ण ममता बहाएर बर्मालाई माया गरेको छ। गोरखालीलाई अभिसिञ्चित गरेको छ। नेपालीलाई ममताले च्यापेर पालेको छ।

‘पहिले सानो थियो नदी। यसो फड्केर पनि तरिन्थ्यो।’

Xtrem

Xtrem

‘धेरैले भैंसीमाथि चढेर ऐरावती तरेका थिए।’ अमित बोलिरहेथे।

हेर्दाहेर्दै विशाल भइसकेछ। त्यो विशालतासँग कसको के लाग्छ र? ऐरावतीले आफ्नो रूप आपट्टै बनाएछ।

ऐरावतीको किनारमा उभिएर म वारिपारि हेरिरहेको छु। वारि छन्, लाबरबारी र रामपुर। पारि छन्- चम्का, मखान्ती, आलुबारी, नानुङ ही, खाटचो, मोके ल्वे वाइमो।

तर मिचिना पुग्नेहरूका कानमा पुगेका गाउँ दुई विशेष हुँदा रहेछन्- ऐरावतीवारि रामपुर र पारि मखान्ती।
०००

अलिक ओरालो थियो– हामी गढतीर हिँडेरै खोलाको छेवैमा पुग्यौँ। विशाल ऐरावतीमा पाँचसात वटा मेसिन जोडिएका चुच्चे नाउहरू किनारमा तेर्सिएका थिए। छानो हालिएका डुङ्गामा आइमाई-केटाकेटी भरिभराउ थिए।
‘नौ बजेको डुङ्गा उम्किन नदिऔं!’

अमितले यसो भनेर हामीलाई पनि चढाइहाले। तनक्खा लगाएका बूढी, तरुनी र शिशु नारीहरू टन्नै थिए।

मैले पानी छोएँ ऐरावतीको।

आमालाई मनमै सम्झेर भनें– आमा, संसारभरिको जल चढाएर तपाईलाई अर्घ्य दिइरहन पाऊँ!’

निकै गजबले गर्जेको डुङ्गामा केही मोटरसाइकल, सरसामान भरिभराउ थिए। मानिसहरू पनि ओल्लोपल्लो दुवै किनारसम्म टनाटन थिए।

मेरो छेउमा डम्बरबहादुर खड्का थिए। 'मखान्ती हिँडेको१ आफन्तकोमा गएको!'

खड्काले भने।

'कति मरे कति यो नदीमा! पारिबाट दूध बोकेर आउनेहरु धेरै डुबेर मरे। बाख्रा, बस्तुसँगै हरसाल डुब्थे।'

डम्बरका आँखामा ऐरावतीको विकराल छाल उर्लेको थियो।

म पनि हेरिरहेको छु– 'पूर्वपश्चिम फैलेको विशाल ऐरावती नदी। कतै बगरैबगर। कतै पानीका विशाल भँगालाहरू। कतै नदीले भत्काएका असरल्ल किनारहरु।

‘फड्किनै सकिन्थ्यो ऐरावती।’

खड्का बोल्दै छन्।

तर फड्केर तरिने यो खोलाको रूप, आकार र स्वरूप अहिले विशाल छ। यो कुरा पत्याउनै नमिल्ने भएको छ। मैले त अनौठो मानेर त्यो समय र यो समयको तुलना गरिरहें।

एरावती किनारमा लिसू जातिहरूको बसोबास रहेछ। उनीहरू बोन धर्म माथे रे। अहिले सबै क्रिस्चियन धर्मावलम्बी भएका रहेछन्।

‘अब पाँचसात मिनेटमा पारि पुगिन्छ!’

अमित बोले।
०००

नभन्दै डुङ्गा ऐरावतीका छाल चिर्दै बेगियो- दक्षिणतिर। धमिलो पानीका छालमा हामी हेलिइरह्यौँ। किनारसँग जुधिरहेका तरङ्गसँगै हामी बेगिइरह्यौँ। ऐरावतीका रहरलाग्दा लहरसँग चिनाजानी गर्दै हामी बहिरह्यौँ।

धुकधुकीले हेरिरहेछु नदीको संसारसँग।

सन् १९८० को दसैंमा यहाँ ठूलो दुर्घटना भएको रहेछ। डुङ्गा पल्टेर ४० जना मरेका रहेछन्- ऐरावतीमा। त्यसको तीतो सम्झना धेरैका छातीमा अहिलेसम्म खिलजस्तो गाडिएर बसेको छ। धेरै नेपालीहरू अहिले पनि त्यो घटना सम्झँदा गहभरि आँसु पार्दा रहेछन्।

‘पहिला त बाँस र काठका डुङ्गा हुन्थे।’

वारिपारिका डुङ्गैडुङ्गा हेर्दै होमनाथ बोले।

मोटर बोट आएको भर्खरै हो रे ऐरावतीमा।

वारिपारि नेपाली बस्ती हुनाले वारिको नाता पारितिर। पारिको नातापाता वारितिर भएकाले दसैंमा त्यति धेरै नेपाली एकै चोटि स्वाहा भएका रहेछन्।

विशाल नदीका लहरसँग मैले मेरो मन पोखिरहेँ, हृदय घोप्ट्याइरहँ, ढुकढुकी अर्पिरहेँ। ऐरावतीसँग नेपालीहरूको एउटा बिछट्टै आत्मीयता, भिन्नै भावना र बेग्लै सम्बन्ध देखेँ मैले। यसकै किनारमा रहेका नेपालीहरू गाई, दूध, जात्रामात्र र घाँसदाउरामा जोडिनाले धेरै बगेका, डुबेका र भेलमा परेका रहेछन्।

डुङ्गा बग्दै किनार पुगिरहेको छ। बाँसघारी, ससाना गोरेटा, टाँडे घर बारबेर गरिएका मलिला बारीहरू नजिकिइरहेका छन्।

डुङ्गा हेलिएर किनारमा थामियो। ससानो भल नाघेर हामी बालुवाको रासमा पुग्यौँ। किनारमा पुग्न नपाई तीनचार तन्नेरीहरू भटभटे लिएर उभिएका रहेछन्। अमित र मलाई एउटामा कोचेर बस्तीतिर हुइँक्याए। अरूमा आउने भए अन्य साथीहरु।

मैले एक पटक फेरि पछाडि फर्केर ऐरावतीको तरङ्गमा आफ्नो कोमल मन हुत्याएँ।

हामी पाँचसात घर नाघेर नितान्त गाउँमा पुग्यौँ– मखान्ती। दोबाटोमा रामजानकी मन्दिर थियो। बाटोवारिको किनारमा बिहारीको छाप्रे पसल थियो। पेडा, समोसा, जेरी र पुरी पाकिरहेका थिए।

डम्बरकुमार घिमिरे हुर्दुराउँदै आइपुगे। 

‘हामी नेपालबाट!’

हामीले यति बोलिसक्दा घिमिरे बोकूँ कि चुमूँ भावनाले पुलकित भइसकेथे। पसलमा लगेर सबै कुरा मगाउँला जस्तो गर्न थाले।

वाइमो शाखामा नौ वटा मन्दिर रहेछन्। मन्दिरसँगै पाठशाला हुने नै भए। घिमिरे त्यो शाखाको नेतृत्व गर्दा रहेछन्। उनले खरर्र मखान्तीको आफ्नो अनुभव सुनाए।

मखान्ती पुरानो बस्ती रहेछ नेपालीहरूको। उपर बर्माको नामले चिनिएको यो भेग माथ्लो म्यान्माली क्षेत्र हो। नेपाली समाजले यहाँ जरा गाडेको झन्डै दुई सय वर्ष भएको अनुमान रहेछ।

रामजानकी मन्दिरमा हामी गयौँ। नीला सापकोटा, नीला थापा, राधा खड्का, तुलबहादुर कटुवालसँग हामीले नेपाल, नेपाली र नेपाली सभ्यतासँग जोडिएका अनुभूतिहरू सुन्यौँ। उनीहरू स्नातक गरेका विद्यार्थी थिए। ज्ञानले शिक्षित भए पन हात परेको थिएन प्रमाणपत्र उनीहरूलाई।

यो पीडा र गन्जागोल म्यान्मारभरि धेरै ठाउँमा रहेछ। म्यान्मारमा धेरै नेपाली पाठशालामा स्नातक गरेका युवायुवती भए पनि ती कतैबाट पनि आधिकारिक सम्बोधित भएका छैनन्। रङ्गुनमा रहेको नेपाली राजदूतावास र नेपाल सरकारले नै यता किन मौनता साधेको होला? मनभरि ऐरावतीका लहरझैँ प्रश्नहरु उर्लिरहे।

मन्दिरबाट बाहिरिंदा त्यही विहारीको पसलमा चिया खान पस्यौँ। छिमेकीको महत्त्व एक पटक फेरि मैले खोतलेँ।

आफ्नो ठाउँथलो छाडी म्यान्मार पुगेर अनकन्टार नदीछेउमा बसेका नेपालीको बस्तीमा अर्को बिहारी पुगेर पसल चलाइरहेको छ। उसका लागि नजिकको भाषा मिल्ने, अर्थ मिल्ने खानपान र व्यवहार मिल्ने, नाफानोक्सान र उधारोको कुरा सुनाउने उस्तै समाज चाहिँदो रहेछ। बिहारीका लागि यही प्यारो भयो नेपाली समाज। 

हामी नेपालका भन्ने थाहा पाउनेबित्तिकै बिहारीले फर्‍याकफुरुक गरेर चिया खुवाए। हिँड्ने बेलामा चियाको पैसा लिएनन्, एक झोला मिठाई पनि थमाए।
अनौठो लाग्यो- मानिस मायाको भोको हुँदो रहेछ। 

आफ्नो पितृभूमिको छिमेकी ठाउँका हामीलाई उनले यो हजारौँ किलोमिटर पर पुग्दा उनको आफ्नै गाउँठाउँका, आफन्त र नातेदार मन पुगेको ठाने होलान्। 

हामी अँगालिएर पूर्वतिर लाग्यौँ।

मखान्तीमा ४२५ घर नेपालीका रहेछन्। ऐरावती किनारको यो नेपाली बस्ती संस्कृति र भाषाले बाँचेको शान्त गाउँ रहेछ।
०००

रामजानकी मन्दिर छाडेपछि पूर्वतिर नेपालीका टाँडे घर, केराका थाम, तुलसीका मठ, गाईगोठ र ससाना पसलहरूले मनोरम लाग्थ्यो। परालका कुन्यूले गोरखाली रहनसहन झल्किन्थ्यो ।

बाँसघारी, मकैका झुत्ता हालेका सुली, नरिवलका बोट, सुपारीका सुरिला बोट तथा इनार देख्दा मखान्तीको गोरखाली समाज समृद्ध, शान्त र सुन्दर लागिरहेथ्यो मलाई।

नाङखिममा थियो नेपाली नाटक घर। त्यहाँ चाडपर्वमा नाटक देखाइँदो रहेछ। अगाडि ठूलो चउर थियो। चउरको दक्षिणी कुनामा बनेको थियो टाँडे रङ्गमञ्च।

बाटोमा दुर्गाप्रसाद पाण्डेको घरमा पसाए डम्बरले। नेपालबाट गएका हामी भन्नासाथ उनी सपत्नीक भान्सामा चुलो तताउन लागिपरेथे। तर हामीले घुम्ने, डुल्ने, हेर्ने र भेट्ने कुरालाई मूल लक्ष्य ठानेका थियौँ। उनलाई अमिल्याएर हाम्रो बथान हिँड्यो।
०००

बाटोमा थियो राधाकष्ण विद्यापीठ। त्यहाँ झुलुक्क पस्यौँ। वसन्त बिदामा नेपाली छात्रछात्राहरू पढिरहेका थिए। यो म्यान्मारकै पुरानो पाठशाला रहेछ। 

ढोकैमा बम झुन्डिएको थियो। विद्यापीठको त्यो घण्टी रहेछ। पहिलो र दोस्रो विश्वयुद्धको बेलामा हानिएका बमलाई अहिले गोरखालीहरूले घण्टीका रूपमा प्रयोगमा ल्याएछन्। क्या गजब!

विद्यापीठपछि हामी गयौँ देवीथानतिर। ११९ वर्ष भएछ देवीथान स्थापना गरिएको। देवीथानमा ठूलो पीपलको रूख झाँगिएको थियो। त्यसपूर्व भार थियो।

‘देवीथान भए पनि बलिप्रथा छैन!’

डम्बरले बताए।

मन्दिर घुमेर फर्किंदा मैले सोधैं- ‘यताका युवाको खबर के छ?’

‘मखान्तीबाट ९० प्रतिशत युवा गा'छन् थाई!’

रोजगारीका लागि नेपालका नेपालीहरू कि म्यान्मारका नेपाली हुन्, घर छाड्नैपर्ने खबर जिउँदै रहेछ। नेपालीसँग आफ्नो आँगन छाडनैपर्ने यो कस्तो भावना बढिरहेको होला?

हरेक दुई वर्षमा मेला लाग्दो रहेछ देवीथानमा। हरेक शनिबार निकै घुइँचो लाग्छ रे। रामपुर, लाबरबारी, मखान्तीका गोरखालीको ओइरो लाग्दोरहेछ, यहाँ।
०००

अरूहरू देवीथानतिरै रमाइरहँदा म ऐरावती किनारमा लहरिडरहेको थिएँ। देवीथानबाट पारिका रामपुर, लाबरबारी प्रस्ट देखिन्थे।

विशाल ऐरावती किनारको नेपाली समुदायको पसिना, परिश्रम र पौरखसँग एउटा सम्पन्नताले गति पाई आयो। यो सम्पन्नतामा अनेक घामपानी ओइरिए। यी घामपानीभित्रका चट्याङ, हुरीबतास र दर्के झरीका कथा अनेक होलान्।

म ऐरावती किनारमा गाई पालेर, खेती गरेर सयौँ वर्षदेखि बसी आएका गोरखालीका पटपटी फुटेका हात, चरचरी चिरिएका पैताला र कक्र्याककुक्रुक परेका ज्यानहरू सम्झेर मनभरि छचल्किइरहेको छु, पग्लिइरहेको छु र बगिइरहेको छु।

बाटोमा उबडखाबड बाक्लै थियो। अर्को बाटो ऐरावतीतिर झर्यौँ हामी। 

‘त्यहाँ घच्याक छ!’

डम्बरले भने पनि गाडी बेगिन छाडेन। अनि हामी फेरि ऐरावती किनारमा पुगेथ्यौँ। 

पटकपटक बाढी आएर यहाँ धेरैको बिचल्ली भए पनि गोरखालीले मखान्ता छाडेका छैनन्। निकै खेप उलाऊ आएर नेपालीको घरवास बगे पनि मखान्ती त्यागेका छैनन् नेपालीले।

उनीहरूसँग ऐरावतीले दिएको गहिरो माया प्रेम र स्नेहसँग ती दुस्खका भेल, बाढी पनि पचाइरहेकै छन्। उनीहरूसँग ऐरावतीले दिएको जीवनदायक अमृत र स्पर्शले कहिल्यै पर पार्न सकेन। लहरहरू परपर भए पनि त्यो रूप र सौन्दर्यबाट नजिकै भइरहे गोरखालीहरु। 

ऐरावती तर्न लाग्दा पूर्व र पश्चिम मैले हेरें- म्यान्मारकै प्रसिद्ध नदी। यो नदीबारे मलाई इतिहास र संस्कृति पढाउने गुरुहरूले पटकपटक सम्झाएर भनेका थिए- ‘जङ्गबहादुरको खाँडो जगाउने नेपालीहरू त्यहाँसम्म छन्।’

डम्बरकुमारसँग बिदा हुने बेलामा मैले उनीबाटै सुनें- ‘यो गाउँमा खाँडो मै मात्र थिएँ। यसो बुझी ल्याउँदा त्यहाँ त जनताको अपमान रहेछ। अनि मैले त्यो काम छोडिदिएँ। तीन वर्ष भो मखान्तीमा खाँडो जगाउन छोडेको।’

मनमा एउटा लहर आयो- ‘यति पर रहेका नेपालीमा पनि संस्कृति निफन्ने र छिन्कने क्रम बढेर गएछ। यो पारा हो भने भोलिका दिनमा अरू निकै कुरा परपर हुन्छन्।'
०००

ऐरावतीमा पस्यौँ। त्यही अघि आएको डुङ्गा रहेछ। जानलाई ठिक्क परिरहेको। मैले डुङ्गा चढेर एउटी बूढीसँग चिनापर्ची गरें। ती थिइन् तुलसादेवी बोहोरा।

‘बयरको चुक बेच्न आएकी!’

मुखभरि मुजैमुजा परेकी ती बूढी आमैले भनिन्- ‘लानू न त, सित्तैमा दिन्छु। लानू न लानू!’

हामीले ‘नेपालका’ भन्ने कुरा बताउँदा ती पुलकित भएर औधी रमाएको थिइन्। तिनको अनुहारमा गुजुल्टिएका मुजाहरू एकाएक उज्यालिएका थिए। 

‘मैले पहिलो खेप नेपालकै मान्छे देखेको!’

ऐरावती तरेर हामी लाबरबारी जाँदै थियौँ। त्यता नि भेटघाट छँदै थियो। लाबरबारीपछि भोलि बिहानै हामी फेरि ऐरावतीलाई अर्कै रूपमा हेर्न जाँदै थियौँ।

तुलसादेवीसँग ऐरावतीको गति थियो। त्यो गतिमा धेरै नेपालीको मन, समय र समर्पण जोडिएको थियो।

बूढी, बयर र ऐरावती नमेटिने गरी बसे छातीमा।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०७:१०
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज नयाँघरे
लेखकबाट थप
ऐरावतीपारिका गाउँ
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्