१) गठबन्धन सरकार भएकाले पार्टीका महत्त्वपूर्ण नेताहरु मन्त्री बन्नबाट छुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, सकेसम्म सबैलाई समेटेर लैजान खोजेको र छुटेकालाई उचित जिम्मेवारी दिने आश्वसन। (देउवाको आश्वसन)
२) न्यायालयलाई भागबण्डा गरिएको नभइ हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, हमाललाई मन्त्री बनाइएकोप्रति कांग्रेसका नेता गगन थापाको आपत्ति। (हमाललाई मन्त्री बनाइएकोप्रति असन्तुष्टि)
३) विधानविपरीतका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन गैरआवासीय नेपाली संघलाई सरकारको निर्देशन, संघमा ६५ प्रतिशत प्रतिनिधि छनोटमा विवाद। (एनआरएनएलाई परराष्ट्रको निर्देशन)
४) ताइवानसँग पुनर्मिलन गर्ने चिनियाँ राष्ट्रपति सीको प्रतिक्रिया, एक देश दुई पद्धति नीतिको रुपमा शान्तिपूर्ण एकीकरण चाहेको भनाइ, मुलुक टुक्र्याउन खोज्नेहरुको दुःखद् अन्त्य हुने चेतावनी। (चिनियाँ राष्ट्रपति सीको प्रतिक्रिया)
५) र, चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटको उपाधि पहिलोपटक चितवन टाइगर्सलाई, भीम सार्कीको अर्धशतक, पोखरा राइनोज ४ विकेटले पराजित। (चितवन च्याम्पियन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।