काठमाडौं- सातौं धारा नेपालगन्ज म्याराथन मंसिर पहिलो साता हुने भएको छ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै ४ गते प्रतियोगिता गर्न लागिएको हो।
आयोजक क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालगन्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ।
आजदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ। यसवर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी गराए। उनका अनुसार विभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने छ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।