Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादास्पद किसान र प्रेमका लागि माधव नेपालको ‘सम्झौता’

64x64
नेपाल लाइभ शनिबार, असोज २३, २०७८  १५:०१
1140x725

काठमाडौं- सरकारमा पठाइने आफ्नो पार्टीका मन्त्रीहरुको नाम छान्न र मन्त्रालय तोक्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निकै सकस पर्‍यो। बिहीबारको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने अधिकार दिएको थियो। जसअनुसार उनले त्यही दिन राति आफूनिकट केही नेताहरुको सहमतिमा नाम पनि टुंगो लगाएका थिए।

माधव नेपाल, जसले एमालेमा छँदा ओलीको कार्यशैलीको आलोचन गरे। विधि-पद्धति र संविधानवादको वकालत गरे। ओलीले दुई-दुई पटक प्रतिनिधि सभा विघटन गर्दा संविधानमा क्षति पुग्ने भन्दै प्रतिवादमा उत्रिए। सडकमा उत्रिए। पार्टीको एउटा हिस्साको प्रतिनिधित्व गर्दै विपक्षी गठबन्धनमा सामेल भए। विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन शीतल निवासदेखि सर्वोच्च अदालतसम्म दौडिए। त्यसरी बनेका प्रधानमन्त्रीलाई फ्लोर क्रस गरेर विश्वासको मत पनि दिए। दलीय अनुशासनको दृष्टिले उनको कदम आलोचित थियो तर, संविधान र लोकतन्त्रको रक्षाका लागि दृढ रहेको भन्दै प्रशंसा पाए।

उनीसहितको प्रयासले गठन भएको सरकारमा नपठाएका केही अनुहार र पठाएका दुई अनुहारको अहिले निकै चर्चा छ। एमालेको विद्रोही समूहको नेतृत्व गर्दा माधव नेपाललाई निरन्तर साथ दिएका मेटमणि चौधरी अहिले मन्त्री बनाइएनन्। तर, मन्त्री बन्नकै लागि उनलाई साथ दिएका प्रेम आले र कृष्णकुमार श्रेष्ठ 'किसान' भने मन्त्री बनाइए। दुवै विवादित पृष्ठभूमिका हुन्।

किसान एउटा चर्चित ‘सांसद अपहरण’को घटनासँग जोडिएका सांसद् हुन्। २०७७ वैशाख ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेका थिए। त्यसको मुख्य उद्देश्य थियो, तत्कालीन समाजवादी पार्टी विभाजन गर्नु। विभाजनको पक्षमा सांसद्हरुलाई फकाउन-दबाब दिन एमालेकै सांसद् महेश बस्नेत र किसान पनि सक्रिय भएका थिए। ‘अपहरण’ प्रकरण यही सक्रियताको उपज हो।

उनीहरुले पूर्वआईजीपी सर्वेन्द्र खनालको साथमा वैशाख १० गते जनकपुरबाट समाजवादीका सांसद् डा सुरेन्द्र यादवलाई 'जबर्जस्ती' काठमाडौं ल्याए र होटल मेरियटमा राखे। उनीहरु काठमाडौं आइनपुग्दै 'अपहरण'को घटना सार्वजनिक भयो। र, त्यही दिन राति समाजवादी र राजपाबीच एकता पनि भयो। दल विभाजन गर्ने प्रयास टर्‍यो। समाजवादी  विभाजनका लागि यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोमा उनको पार्टीले कानुनी उपचार खोज्ने प्रयास गर्‍यो। तर, त्यसमा पनि अवरोध भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो घटनाको यथार्थ पक्ष फरक छ भने पनि त्यसको सार्वजनिक स्वीकारोक्ति कायम नहुञ्जेल किसान पनि ‘अपहरणकारी’को रुपमा चित्रित हुनेछन्। तर, अध्यक्ष नेपालले उनैलाई आफ्नो पार्टीको तर्फबाट मन्त्री बनाएका छन्।

किसान पूर्वम्यानपावर व्यवसायी हुन्। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। व्यवसाय छाडिसकेका भएर उनले प्रत्यक्ष रुपमा स्वार्थको लाभ लिने बाटो त देखिँदैन। तर, उनको पृष्ठभूमिका कारण उनले श्रमिकको भन्दा पनि व्यवसायीको हितमा उभिने सम्भावना भने रहन्छ।

यो पनि पढ्नुहोस्

प्रेम आलेको पर्यटन मन्त्रालयमै यत्रो रुचि किन?शुक्रबार, असोज २२, २०७८

एकीकृत समाजवादीले मन्त्रिपरिषद्‌मा पठाएका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले अर्का विवादित पृष्ठभूमिका सांसद हुन्। ठेकेदारका रुपमा परिचित उनी पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री हुँदा पनि अनेक हर्कतका कारण विवादमा परेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एकीकृत समाजवादीमा जोडिएकाहरुमध्ये कैयौं त विगतमा लामो त्याग र समर्पण गरेकाहरु छन्। मुख्यतः संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो सुरक्षित राजनीतिक जीवनलाई बेवास्ता गरेर थप संघर्षको बाटोमा हिँड्न तयार भएकाहरु छन्। तर, मन्त्रिपरिषद्‌मा पठाइएका पाँच जनामध्ये दुई जना सार्वजनिक रुपमै आलोचित व्यक्तिहरु छन्। यसले गर्दा माधव नेपालको पछिल्लो राजनीतिक लडाइँमा साथ दिएका धेरैले असन्तुष्टि व्यक्त गरेका छन्।

आले र किसान माधव नेपालसँग साउन ३ गते मात्रै जोडिएका हुन्। त्यसअघि केपी शर्मा ओलीलाई साथ दिएका दुवैले प्रधानमन्त्रीका रुपमा देउवाले विश्वासको मत लिने बेला आश्चर्यजनक ढंगले मत दिएका थिए। त्यसपछि भने उनीहरु औपचारिक रुपमै माधव नेपाल कित्तामा आइपुगेका थिए। उनीहरुले आफूलाई मन्त्री बनाउनको लागि पार्टीभित्र दबाब बढाएको सार्वजनिक भइसकेको थियो। उनीहरुको दबाबको अगाडि माधव नेपालले निर्माण गरेको आफ्नो पछिल्लो छविमाथि सम्झौता गरेको देखिन्छ।

श्रेष्ठ २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पनि तनहुँबाट प्रतिस्पर्धी बनेका थिए। तनहुँ-२ बाट प्रतिस्पर्धी बनेका उनले रामचन्द्र पौडेलसँग पराजय बेहोर्नपुगेका थिए। त्यतिबेला पौडेलले १८ हजार १४९ मत पाउँदा श्रेष्ठले भने ११ हजार ७३९ मत पाएका थिए। तर, २०७४ सालमा श्रेष्ठले नजिता उल्टाएका थिए। त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवार रहेका श्रेष्ठले ३४ हजार ४९२ र पौडेलले २७ हजार ६९० मत पाएका थिए।

त्यस्तै आले २०७० सालको निर्वाचनमा डोटी  २ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले कांग्रेसका योगेन्द्र शाहीलाई पराजित गरेका थिए। २०७४ सालको निर्वाचनमा भने वीरबहादुर बलायरलाई पराजित गरेका थिए।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्