भोजपुर- आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनेर धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका-१ चामबोटेका ४६ बर्षीय सुजिल राई पक्राउ परेका छन्। उनको साथबाट भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
उनले शुक्रबार राति सवा ८ बजे घरयासी विवादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरि घाइते बनाएका थिए।
त्यसपछि घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाकधम्की दिएको प्रहरीले जनाएको छ। घटनापछि पुगेको प्रहरीले घाते जुनालाई उपचारको लागि स्थानीय मेडिकल ओख्रेमा पठाइएको छ।
घटनास्थलमा भरुवा बन्दुक फाली फरार रहेका सुजिललाई प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो। घटनस्थलबाट भरुवा बन्दुक र कोदालो बरामद गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।