१) ३ महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, प्रधानन्यायाधीशको 'कोटा'का गैरसांसद हमालसम्म समेटिए, प्रधानमन्त्री देउवाले बनाएनन् उपप्रधानमन्त्री, देउवापछिको वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण । ( मन्त्रिपरिषद्ले पायो पूर्णता)
२) एकीकृत समाजवादी र जीवन राईको नेकपा एकीकृतबीच पार्टी एकीकरण, पार्टीको चुनाव चिह्न कलम रहने, अध्यक्ष नेपालको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन । ( पार्टी एकीकरण)
३) सुनसरीको कोशी गाउँपालिका-७ अन्तर्गत नेपाल-भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकको सकुशल उद्धार, भारतीय नागरिक पक्राउ । (बालकको सकुशल उद्धार)
४) दुतेर्ते र पुटिनको 'शासन'विरुद्ध कलम चलाउने पत्रकारलाई नोबेल शान्ति पुरस्कार, फिलिपिन्स र रसियामा अभिव्यक्ति स्वतन्त्रताका लागि 'साहसिक लडाइँ' लडेको उल्लेख । ( पत्रकारलाई नोबेल शान्ति पुरस्कार)
५) र, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कार मुद्दामा सफाइ, मुद्दा खारेज गर्न अदालतको सिफारिस, अदातलको निर्णयसँगै आफूमाथि लागेको बलात्कार आरोपबाट रोनाल्डो मुक्त । (रोनाल्डोलाई सफाइ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।