काठमाडौं- दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँग डिभोर्सपछि अभिनेत्री सामन्था रुथ प्रभुले पुरुष र महिलालाई समाजले फरक मापदण्ड तोकिदिएको बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले महिलाका लागि पुरुषकोभन्दा फरक मापदण्ड स्थापित भएको बताएकी छन्।
‘महिलासँग जोडिएको कुनै पनि मुद्दामा नैतिकताको प्रश्न आउँछ,’ आफ्नो इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘तर, पुरुषले गरेको कुनै पनि काममा नैतिकताको प्रश्न उठ्दैन। त्यसैले हामी समाजको मान्यताअनुसार मौलिक र नैतिक होइनौं।’
वैवाहिक जीवन बिताएको करिब चार वर्षपछि सामन्था र चैतन्यले सम्बन्धबिच्छेद् गरेका थिए। अक्टोबर ३ मा उनले आफ्नो सामाजिक सञ्जालमार्फत् आपसी समझदारीमै छुट्टिएको उल्लेख गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।