• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

कर्खा गाएर गन्धर्वले जोगाएको इतिहास

64x64
बुलु मुकारुङ शनिबार, असोज २३, २०७८  ०८:५८
1140x725

झलकमान गन्धर्वले गाएको चर्चित लोकगीत ‘आमाले सोध्लिन् नि खोई छोरो भन्लिन्’ नसुन्ने कमै होलान्। धेरै नेपालीको जिब्रोमा झुन्डिएको गीत हो, यो। तर, यसलाई ‘कर्खा’ भनिन्छ भन्ने थोरैलाई मात्र थाहा होला।

‘कर्खा’ नेपालको मौलिक र मौखिक लोककाव्य गायनमा आधारित संस्कृति हो। जसलाई नेपालका गन्धर्व जातिले प्राचीनकालदेखि नै गायन–वादनका माध्यमले लोकपरिवेशमा सुनाउँदै आएका हुन्।

लोक प्रचलन परम्परामा सघन रूपमा हुँदाहुँदै पनि नेपालको महत्वपूर्ण सम्पत्ति कर्खा लोकसंस्कृति यतिबेला लोपोन्मुख देखिन्छ। गन्धर्व जातिका कर्खा गायक–गवैया अगुवा कम हुँदै जानु र युवा पुस्ताले आफ्ना महत्वपूर्ण संस्कृतिलाई बुझ्न नसक्नाले वा अभ्यासमा नल्याउनाले कर्खा गायन प्रचलनबाट हराउन थालेको हो। कर्खा गायनकला आधुनिक गायन विकासको चपेटामा पर्नु, यस संस्कृतिसँग आश्रित जातिको पेसा परिवर्तन हुनुले पनि कर्खा सङ्कटमा परेको हो। 

बुलु मुकारुङ

समकालीन पुस्तालाई कर्खा लोकसंस्कृतिबारे चासो र जानकारी धेरै कम छ। कर्खा गायन युद्ध र योद्धाका घटनात्मक अभौतिक संस्कृति हो भने गढी–किल्लाहरू भौतिक संस्कृति। दुवै संस्कृतिले इतिहास, सीमा र देशभक्ति बोलिरहेका हुन्छन्। 

कर्खा गायनको सुरुआत मङ्गलाचरणबाट हुने गर्छ। प्रायः कर्खा वीर–विरङ्गना, सम्मानित वा ऐतिहासिक व्यक्तित्वका जीवनवृत्तको स्तुति, प्रशंसा, वन्दना, स्मरण गरिन्छ। यो वीरता, शूरता, उत्साह, साहस र उमङ्ग वीरोचित भाव–भावनामा ओतप्रोत अनि आधारित हुन्छ। यसलाई महिमागान पनि भन्न सकिन्छ।

कर्खाको विषयवस्तु
कर्खा खासगरी इतिहास, वीरत्व, सुकार्य, जन्म, मृत्यु अनि महत्वपूर्ण घटना साथै योगदानको बयान गायनकथामा आधारित हुन्छ। यसैले वीरहरूको योगदानको प्रसङ्गमा गन्धर्वहरूले कथ्ने वर्णनात्मक लोककाव्यलाई कर्खा भनिन्छ। दक्ष, कुशल, सिपालु कर्खा गायकको गायन कलाले कर्खा आकर्षक, मनोहारी र लयात्मक तुल्याउँछ। त्यसमा सारङ्गी वादनको मिहिन मीठो ध्वनि थपिँदा कर्खा गायन प्रस्तुति प्रदर्शन अझै मनोरम र हार्दिक हुन्छ। 

लामो वा छोटो जुनसुकै कर्खा घटनाप्रधान, चरित्रप्रधान, प्रेमगाथा, वीरगाथा, भक्तिगाथा, रोमाञ्चकगाथा, पौराणिक, ऐतिहासिक, सामाजिक, प्राकृतिक, आख्यानात्मक, वर्णात्मक साथै प्रस्तुतिका हिसाबले गायन, वादन र कतैकतै नर्तनको पनि प्रयोग हुन्छ। हिजोआज नाचको गुन्जायस पाइँदैन।

सुदूरपश्चिमका पहाडी जिल्लामा हुड्को नाच हुन्छ। जसले वीर युद्ध, घटना वा चरित्रलाई उजागर गरेको देखिन्छ। यस्तो भए पनि यी दुवै लोकसंस्कृति फरक–फरक छन्। कतिपय कर्खाहरू घटना, स्थान वा धार्मिकस्थलको बयान वा महत्वलाई उल्लेख गर्ने खालका पनि हुन्छन्।

nimb
nimb

नेपाली संस्कृतिमा विभिन्न प्रकारका कर्खा पाइन्छन्। ऐतिहासिक युद्ध, योद्धा, विजय–पराजय, घटना, वीरत्व, चरित्र, आश्चर्य साथै प्राकृतिक प्रकोपका बारेमा पनि कर्खागायन गरिएको छ। नेपाली परिवेशमा पाइने, तर लोपोन्मुख चर्चित केही कर्खा यसप्रकार छन्– १. पृथ्वीनारायण शाहको कर्खा २. मदनकीर्ति शाहको कर्खा ३. भक्ति थापाको कर्खा ४. अमरसिंह थापाको कर्खा ५. बलभद्र कुँवरको कर्खा६. माथवरसिंह थापाको कर्खा ७. नवलसिंह बानियाँको कर्खा ८. जङ्गबहादुरको कर्खा ९. चन्द्रशमशेरको कर्खा १०. जुद्धशमशेरको कर्खा ११. गोरखनाथको कर्खा १२. बमबहादुर थापाको कर्खा आदि। यी व्यक्ति–व्यक्तित्वपरक कर्खा हुन्। 

यसैगरी अन्य कर्खाहरूमा सिंहदरबार आगलागीको कर्खा, पशुपतिनाथको कर्खा, मुक्तिनाथको कर्खा, गुह्यश्वरीको कर्खा, लाहुरेको कर्खा, बाढी–पहिरोको कर्खा छन्। त्यसबाहेक मनकामनाको कर्खा, नब्बे सालको भूकम्पको कर्खा, गर्जवीर मिजार (कुमाल) जालहारीको कर्खालगायत पनि छन्। 

विभिन्न युगका घटना र दरबारिया षडयन्त्रसँग सम्बन्धित अनेकन् कर्खाहरू पनि पाइन्छन्। ती सबै कर्खा गायन पुर्ख्यौली सांस्कृतिक विरासत बोकेर गाउँगाउँ गाउँदै–सुनाउँदै हिँड्ने गन्धर्व जाति नै हुन्। पुरुष गायक गन्धर्व मात्र होइन महिला कर्खा गायिका हीरा गाइनेनीको पनि कर्खा लोकपरम्पराको इतिहासमा नाम उल्लेख भएको पाइन्छ। उनले नै माथरसिंह थापाको कर्खा गायन गरेको भन्ने इतिवृत्त पाइन्छ।  

लोक-सूचनाको माध्यम
कर्खा गायन नेपाली लोकसंस्कृतिका क्षेत्रमा पर्ने ऐतिहासिक तथा उच्चकोटीको लोकगायन कला हो। यस सङ्गीतकलालाई श्रुति परम्परामा रहेको इतिहास पनि भन्न सकिन्छ। 

इतिहासमा वर्णित तथ्यगत वीरकाव्यलाई लोकसङ्गीतको माध्यमबाट लोकजनमा खबर गर्ने सरल र सरस लोकभाका ‘कर्खा गायन’ हो। हुन त पुराना सूचना दिने अन्य लोकलय पनि धेरै छन्। तर, कर्खा लोकलयद्वारा इतिहासमा पुरिएका कथा, घटना गीत–गायनका माध्यमद्वारा अभिव्यक्त गरिन्छ। जसबाट कहाँ, कहिले र किन घटना भयो वा युद्ध भयो र कुन योद्धाले वीरता वा बहादुरी प्रदर्शन गर्‍यो भन्ने खबर पाइन्छ। 

कर्खा गायन पद्धति एक यस्तो लोकगायन हो, जो गन्धर्व जातिले मात्र गाउने गर्छन्। कर्खा गायनमा प्राच्य घटनालाई मुखाग्र गाउनुपर्ने हुनाले सितिमिति अन्य गायकले गाउने हिम्मत पनि गर्दैनन्। कथानक गीत, लय, स्वरको आरोह–अवरोह साथै वादनादि गायनसँग सम्बन्धी दक्षता प्रदर्शन गरिनु पर्छ।

कर्खा कठिन र उच्चकोटीको गायनकला पनि हो। यसमा गायन–गला, वादन र स्मृतिको निरन्तर अनि प्रत्यक्ष संयोजन हुनैपर्छ। नत्र कर्खा गायनको मौलिकता र महत्व रहँदैन। गन्धर्व सङ्गीतको ज्ञान–सीप वंशपरम्पराबाट हुँदै आएको छ। जसलाई ‘पिङ्गुल’ पनि भन्ने गरिन्छ।      

कर्खा विशेष गरेर गण्डकी प्रस्रवण क्षेत्रमा पाइन्छ। गोरखा, लमजुङ, तनहुँ, कास्की आदि जिल्लाबाट गन्धर्व जातिले नै कर्खालाई अन्य क्षेत्रमा पुर्‍याएका हुन्। अन्य जातिले कर्खा गायन प्रचलनलाई जति नै रुचाए पनि कलाकै रूपमा लिन, सिक्न र गाउन सकेको देखिँदैन। त्यसको खास कारण पनि हुन सक्छ। किनभने कर्खा गायनकला एक विशिष्ट लोकसङ्गीत हो, जसलाई गाउनु–वादन गर्नु साधनाको लामो अभ्यास आवश्यकता पर्छ।

गायन, वादनका साथै स्मरण तीनै कुराको सीप, साधना कुशलता हुनुपर्ने देखिन्छ। कर्खा गायन कण्ठस्थ वा मुखाग्र हुनैपर्छ। प्रस्तुतिको बेजोड समायोजन कर्खा गायकमा रहनुपर्ने हुनाले पनि अन्य रौसे सिकारू गायकले कर्खा गायन गर्ने आँट गर्दैनन्। प्रचलन, परम्परा वा रगतमा नभए नक्कल गरी गाउनु हाडेओखर दाँतले फुटाउनुजस्तै हुने गर्छ। 

कर्खा र नेपाल एकीकरण 
पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण अभियानपछिका घटना, चरित्र वा वीरताका कर्खा लोकलयमा पाइन्छन्। त्यसैले व्यक्तिपरक कर्खा गायनको आरम्भ यसपछि नै भएको अड्कल गर्न सकिन्छ। अहिलेसम्म यसअघिका कर्खा लोकगाथा खोजीकै विषय हुन्। तथापि, पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, मनकामना आदि ऐतिहासिक आरध्य स्थानादि साथै पौराणिक पात्रबारेमा कर्खा पाइनुले यी कर्खाहरूका कालक्रमिक निष्पत्ति पनि खोजिनुपर्ने देखिन्छ।

कर्खा लोकगायनको आरम्भ प्राचीनकालदेखि नै भएको हो। जति बेला लिखित इतिहास थिएन, त्यसै बेला सुरु भएको इतिहास ओकल्ने सङ्गीत कला आधुनिक विकाससँगसँगै महत्वपूर्ण लोकसंस्कृतिमा परिवर्तन, रूपान्तरण भयो। र अहिले उदासिनता छ।

यति हो, कर्खा लोकगायनको आरम्भ प्राचीनकालदेखि नै भएको हो। जति बेला लिखित इतिहास थिएन, त्यसै बेला सुरु भएको इतिहास ओकल्ने सङ्गीत कला आधुनिक विकाससँगसँगै महत्वपूर्ण लोकसंस्कृतिमा परिवर्तन, रूपान्तरण भयो। र अहिले उदासिनता छ।

पृथ्वीनारायण शाहको कर्खा संस्कृतिको विकास, प्रचलन र सघन प्रवर्द्धन आधुनिक नेपालको इतिहास वा एकीकरणसँग गाँसिएको देखिन्छ। हालसम्म पाइएका कर्खाहरूले आधुनिक नेपालको एकीकरण सँगसँगै उदय भएका वीर–वीरङ्गनाका प्रसस्ति, युद्ध विजय–पराजयका कथानक घटना–दुर्घटना साथै प्रेम–विछोडका ऐतिहासिक प्रसङ्ग, सत्यतथ्य कहानीहरू नै इतिहास भएर आजसम्म बोलिरहेका पाइन्छन्। 

तर, कतिपय महत्वपूर्ण इतिहास प्रकाश गर्ने खालका कर्खा विलुप्त भइसकेका छन्। द्रव्य शाह, राम शाह, भीमसेन थापा आदि ऐतिहासिक पात्र–पुरुषबारेका कर्खा पाइन छोडे। कर्खा गायन प्रचलन–परम्परा एक पुस्तादेखि अर्को पुस्तामा सर्दै सारिँदै जाने गायन संस्कृति भएकाले पनि हिजोआज यो प्रचलन खण्डित हुन थालेको छ। संस्कृति हराउनु मुलुकको पहिचान परिचय वा नेपाली मौलिक सांस्कृतिक स्वत्व विलुप्त हुनु हो। 

पृथ्वीनारायण शाहका जीवनवृत्तसम्बन्धी उल्लिखित ऐतिहासिक कर्खाद्वारा के प्रष्ट पारिएको छ भने, इतिहासका कतिपय अलिखित पक्षलाई गायनका माध्यमद्वारा लोकजनमा फैलाउने तथा तत् विषयसँग सूचित गराउने कार्य कर्खा गायनबाट नै भएको देखिन्छ। कर्खा गायन संस्कृति सूचना, सन्देश र मनोरञ्जनको सम्बाहक पनि हो। फेरि कर्खा गायन प्रचलन र पद्धतिलाई मात्र मनोरञ्जन र प्रसस्ति भनियो भने गलत हुन्छ। कर्खा गायन छ र इतिहास छ। गन्धर्व गायन कलाको महत्व छ। 

आजको नेपाल कसरी बन्यो? नेपाली कसरी भयौँ? भन्ने संवेदनशील पक्ष वा सवाल आफैसँग छ। यस कुराको गहनता वा महत्ता बिर्सिए नेपालको राष्ट्रियता र स्वाधिन नेपालको इतिहास मर्महात हुन्छ। इतिहास, भाषा, संस्कृति साथै सूचना गायन हुने कर्खा काव्य जोसुकै व्यक्ति, घटनाको वा जस्तै प्रकृतिको भए पनि संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गरिनु आवश्यक छ।

इतिहासमा हराएका कर्खा गायक 
कर्खा गायन सङ्गीतको विकास र विस्तार भइरहेको बेला कलाकारको कुनै लेखोट हुने अवस्था थिएन। ती अब्बल भए पनि तिनको कुनै नमोनिसान रहेन। कर्खा सुन्यो सकियो।

झलकमान, लालबहादुर र सुरेश गन्धर्व।

पछिल्लो समय कर्खा लोकगीतले साहित्यिक महत्व पाएपछि कर्खा गायकको फाट्टफुट्ट चर्चा हुन थाल्यो। हीरा गाइनेनी चर्चित महिला कर्खा गायिका थिइन्। उनले माथवरसिंह थापाको कर्खा गाएको पाइन्छ। मनिराम गाइने पनि पुराना गायक हुन्। पछि हुमबहादुर गन्धर्व, भीमबहादुर गन्धर्व, खिमबहादुर गन्धर्व,, रामबहादुर गन्धर्व, वीरबहादुर गन्धर्व, सुरेश गन्धर्व, झलकमान गन्धर्व, तीर्थ गन्धर्व, जङगबहादुर गन्धर्व, छविलाल गन्धर्व, टीकामाया गन्धर्व, बुकुन गन्धर्व, डम्बर गन्धर्व, बर्त गन्धर्व कर्खा गायनमा चर्र्चित बने।

झलकमानले गाएको ‘आमाले सोध्लिन् नि खोई छोरो भन्लिन्’ बोलको कर्खा सबैभन्दा लोकप्रिय छ। कर्खाकै शैलीमा सुरेश गन्धर्वले गाएको ‘रिङकेबुङको राँगोलाई’ बोलको लोकलय पनि उत्तिकै चर्चित भयो। तर, त्यस लोकगीतलाई कर्खाको श्रेणीमा भने राख्न सकिँदैन। 

नेपाल एकीकरणको महान अभियानमा नेतृत्व गर्ने पृथ्वीनारायण शाहको कर्खा २०६२ कात्तिक १२ गते गोरखाको तत्कालीन मसेल गाविस निवासी तथा ऐतिहासिक कर्खा गायनका प्रवर्तक मनिराम गाइनेका वंश–सन्तान लालबहादुर गन्धर्ब (६६) बाट लेखक स्वयम्ले प्राप्त गरी अभिलेखन–सङ्कलन गरेको छ। कर्खाको मूलपाठ यस प्रकारको छ– 

देवभक्ति श्री ५ पृथ्वीनारायण शाह
दुनियाँलाई दर्शन दिए मनुषे चोलामा 
रोग व्यादा, पीर–कष्ट दुःख यी हरण 
पाउपिछ सरकारको सरण। 

बाबु नरभूपाल शाहको कुलमा उदाई
मातारी कौशिलाका कोख जन्म पाई 
पृथ्वीनारायण शाहले जिती–ताँही पाई जन्म 
जेठा पृथ्वीनाराय शाह, माइला बहादुर शाह
कान्छा सुुरप्रताप शाह, तीन भाइले जिती पाई जन्म
तीनै भाइको बुद्धि बढ्यो सहस्र सन्तान 
चारैवरमा चल्यो तिम्रो नाम....र हो नि। 

देवभक्ति श्री ५ पृथ्वीनारायण शाह 
दुनियाँलाई दर्शन दिए मनुषे चोलामा। 
जन्म दिन पृथ्वीनारायण शाहलाई ईश्वरको खटन
सतीदेवी माई तिमी आफै बसिकन
दश महिना गर्भ माईका ओदरमा 
पैदा भई शुभ भरि लग्न 
छैटौँ दिनको दिनमा नि आए भावी लेखन 
लिलाटमा मसी चढाउँन 
विक्रम सम्वत् सत्रसय उनासी साल 
पोष सत्ताइस गते जन्म हुन गाको 
गोरखनाथले बर्दान दिनु भाको 
तिम्रो जीत होस भनी गोरखनाथले बर्दान दिए 
तीनै सहर नेपाल हात लिए। 

देवभक्ति श्री ५ पृथ्वीनारायण शाह
दुनियाँलाई दर्शन दिए मनुषे चोलामा 
रोगव्यादा, पीर–कष्ट दुःख यी हरण 
पाउपिछ सरकारको सरण.....। 

षर्मको इच्छा गरी मन
भक्तपुर जान पृथ्वीनारायण शाहको मन
रणजीत राजाको घरमा पुगे तत्छिन
उनका छोरासँग मित लाउन पृथ्वीनारायण शाहको मन 
वीरनरसिंहसँग मितलाई लौन तत्छिन 
तीनैवर्ष भक्तपुर बसी सबै चलन–चल्ती बुझि गोर्खा आए 
के गरौं भनि मन सोच–विचार गरे हो ...नि। 

१७९९ सालमा नरभूपाल शाह स्वर्गे हुन भाको 
देशको अभिभारा पृथ्वीनारायण शाहलाई पर्न गाको 
बीसवर्षको उमेरमा राजा भईकन
कीर्तिपुर हात लिन भनि फौज लिई गए 
दामोदर पाँडे स्वर्ग हुन गई 
उनका भाइ शूरप्रताप शाहको आँखा फुट्न गाको 
कीर्तिपुरलाई जितीकन काठमाण्डूमा आई 
दुनियाँले जय नि मनाए र हो नि। 

१८२५ ईन्द्रजात्राका दिन पारीकन
जयप्रकाश राजा, रणजीत, तेजनरसिंह राजा
भक्तपुर, ललितपुर पाटन सबै हात लिए 
तेत्तीसकोटी देवताले वरदान दिए 
सिंगो नेपाल राजाले बनाए र हो ...नि..। 

नेपालमा जारजात छत्तीसवर्ण थिए 
विक्रम सम्वत् १८३५ मा सिङ्गो नेपाल बनाइकन
बाउन्नवर्णको उमेरमा राजा स्वर्गे भए 
देवभक्ति श्री ५ पृथ्वीनारायण शाह 
दुनियाँलाई दर्शन दिए मनुषे चोलामा 
रोगव्यादा, पीर–कष्ट, दुःख यी हरण 
पाउपिछा सरकारको शरण ......। 

समकालीन गीत–सङ्गीत क्षेत्र कर्खा गायन परम्परासँग अनभिज्ञ नै भएको पाइन्छ। गन्धर्व जातिका नयाँ पुस्ताले यस किसिमको परम्परा लिएर गाउँदै हिँड्न छोडिसके। छोटा झ्याउरे लोकगीत, चुड्का, रोइला, सालैजो, परिहासपूर्ण लोकलय मात्र गाउने गरेको देखिन्छ। जसले प्राचीन इतिहासको गहिराइबाट निष्पत्ति भएको कर्खा लोकगायन प्रायः लोप भइसकेको देखिन्छ। नेपाली मौलिक लोकसङ्गीत भित्रको एक शैली एक परम्परा नै हो कर्खा गायन।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र ट... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिशर्ट र टि... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्