काठमाडौं- स्पोर्ट्स क्यासल पोखराले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगको उपाधि हात पारेको छ।
पोखराको बहुदेशीय कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा शंखमुल फुटसललाई ४-२ गोल अन्तरले परजित गर्दै स्पोर्ट्स क्यासलले उपाधि उचालेको हो।
स्पोर्ट्स क्यासलका लागि किशोर गुरुङले ह्याट्रिक गोल गरे। विजय गुरुङको एक गोल गरे।
शंखमुलका लक्ष्मण थापा मगर र मणि लामाले एक/एक गोल फर्काए।
उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गरेको छ।
उपविजेता बनेको शंखमुलले ५ लाखमा चित्त बुझायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।