काठमाडौं- बीचमा केही समयलाई खुले पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेका नेपालका सिनेमा हलहरु करिब दुई वर्षपछि बिहीबारबाट सञ्चालनमा आएका छन्।
कोरोना महामारीको सुरुवातसँगै चैत २०७६ बाट बन्द भएका हलहरु पहिलो निषेधाज्ञापछि केही समयलाई खुलेपनि निरन्तर सुचारु हुन सकेको थिएनन्।
त्यसयता बन्द भएको साढे ५ महिनापछि बिहीबारबाट अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शन गर्दै सिनेमा हलहरु सञ्चालनमा आएका छन्।
बिहीबारबाट देशभरका सिनेमा हलमा करिब दुई वर्षदेखि बन्द रहेका नेपालका सिनेमा हल खुलेका छन्।
अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरिस ९’ प्रदर्शन गर्दै आजबाट देशभरका विभिन्न सिनेमा हलहरु सञ्चालनमा आएका हुन्।
यो फिल्म गत जुनमै विश्वव्यापी रुपमा प्रदर्शनमा आएको थियो। फिल्म पहिले नै डिजिटलमाध्यममा उपलब्ध भएकाले सिनेमा हलमा धेरै दर्शकको उपस्थिति नदेखिएको नेपाल चलचित्र संघले जनाएको छ।
‘फास्ट एण्ड फ्युरियस’ छाया सेन्टरस्थित मल्टिप्लेक्स क्युएफएक्स, सिभिल मल, लबिम मल, भक्तपुर र विराटनगर लगायतका विभिन्न सिनेमा हलमा प्रदर्शन भएको छ।
अंग्रेजी फिल्म प्रदर्शन गर्दै सुचारु गरिएको सिनमा हलमा असोज २६ गते भने दुई नेपाली फिल्म लाग्ने घोषणा गरिएको छ। ‘डाँडाको वरपीपल’ र ‘धन्धागिरी’ फिल्म असोज २६ गते प्रदर्शन हुँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।