Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्तै रह्यो भने एमाले कुनै विचार, सिद्धान्त र कार्यक्रमले अगाडि जान सक्दैन : भानुभक्त जोशी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज २१, २०७८  १३:२१
1140x725

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी बिहीबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। उनलाई स्थायी कमिटी सदस्य बनाइएको छ। थप जिम्मेवारी पछि दिने बताइएको छ। नेकपा र नेकपा एमालेको आन्तरिक संघर्षको बेला उनी माधवकुमार नेपाल पक्षमै सक्रिया थिए। तर, भदौमा एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि भने उनी एमालेमै  रहे। तर, डेढ महिनापछि एकीकृत समाजवादी पार्टीमा लागेका छन्। उनी एकीकृत समाजवादीमा औपचारिक प्रवेश गर्नुअघि  नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

तपाईं पहिले माधव नेपालसँगै निकट हुनुहुन्थ्यो। तर एकीकृत समाजवादी दर्ता गर्दा उहाँको साथमा जानुभएन। अहिले फेरि जान खोज्नुभएको छ। किन?
दुवै नेता (केपी ओली र माधव नेपाल)का बीचमा सहमति भएर कार्यदल बन्यो। एमालेलाई एकताबद्ध बनाउन र असझदारी तथा अन्तरविरोधलाई निराकरण गर्नका लागि कार्यदल बनेको थियो। त्यसले १० बुँदे सहमति बन्यो। त्यसलाई कार्यान्वयनमा उहाँ (ओली पक्ष)हरुले प्रतिबद्ध रहेको बताउनुभयो। तर, यसैबीचमा माधव नेपालहरुले पार्टी दर्ताको प्रक्रिया सुरु गर्नुभयो। सबै नेताहरु मिलेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्ने हाम्रो प्रयास थियो। त्यसका लागि अथक प्रयास पनि गर्‍यौं। आन्तरिक बैठकमा पनि माधव नेपाल लगायतको टिमलाई पुनर्विचार गर्न पनि अनुरोध गर्‍यौं। स्थायी कमिटीको बैठकले पनि अनुरोध गर्‍यो। तर, पनि पार्टी दर्ता भयो।

त्यसपछि दश बुँदे र पार्टीका निर्णयहरु कार्यान्वयन गर्ने कुरा आयो, ती कार्यान्वयन भएनन्। अन्तरपार्टी निर्देशन-१२ पनि कार्यान्वयन भएन। असार २७ गते दश बुँदे सहमति भएको थियो। भदौ १० गते संयुक्त बैठक बसेको थियो। आज असोज २१ गते भयो। यतिबेलासम्म पनि दश बुँदेलाई कार्यान्वयन गर्ने र पार्टीलाई मूलतः जेठ २ मा लैजाने काम नभएपछि बाध्य भएर निर्णय परिवर्तन गरेको हो।

दश बुँदे कार्यान्वयन नभएर मात्रै आउनुभएको हो कि माधव नेपालसँग थप केही संवाद पनि भएका छन्?
अरु कुरा त भएको छैन। माधव नेपालले पहिले पनि सम्पर्क गर्नुभएको थियो। साथीहरुको सबै सकारात्मक हुनुहुन्छ भन्ने कुरा गर्नुभएको थियो। त्यसका बाबजुद पनि म पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमै थिएँ। तर, त्यसो हुन नसकेपछि म बाध्य भएर यतातिर लागेको हुँ।

दश बुँदे कार्यान्वयन भइरहेको छ। एक दुई ठाउँमा मात्रै समस्या हो भनेर हिजो माधव नेपालको साथमा रहनुभएका 'दश भाइ'ले नै भनिरहनुभएको छ नि त?
देशव्यापी रुपमा के भइरहेको छ, तपाईंहरुले नै गहिरोसँग हेर्नुभएको होला। म सुदूरपश्चिमको मान्छे। त्यहाँ २०७५ जेठ २ सम्म भीम रावल संयोजक हुनुहुन्थ्यो। दश बुँदे सहमतिको संयोजक पनि उहाँ नै हुनुहुन्छ। उहाँले नै आफ्नो निर्णय कार्यान्वयन गराउन पाउनुभएको छैन भने अरुको के हालत होला? कर्णाली प्रदेशका केही ठाउँमा जिम्मेवार नेता भएकाले सहज परिस्थिति निर्माण भएको देखिन्छ। अन्यत्र त्यस्तो अवस्था रहेन। तपाईंहरुले पछिल्ला दिनमा पार्टी अध्यक्षको कुरा पनि सुन्नुभयो होला। उहाँ 'जहिले पनि जेठ २ भन्नुहुन्छ, दश बुँदे भन्नुहुन्छ, त्यो त कसरी हुबहु लागू हुन्छ र?' भन्नुहुन्छ। मलाई के लाग्यो भने उहाँले आफ्नो पुरानै प्रवृत्ति दोहोर्‍याउँदै हुनुहुन्छ।

तपाईं असोज ८, ९ र १० गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा पनि सहभागी हुनुहुन्थ्यो। त्यहाँ  तपाईंले फरक मत पनि राख्नुभएको थियो?
राखेको थिएँ। मैले दश बुँदेको कुरा उठाएँ। त्यो सहमति कार्यान्वयन भएन, किन कार्यान्वयन गरिएन भन्ने कुरा उठाएको थिएँ। त्यसको कारण के हो, यसको टुंगो लगाइयोस् अनि मात्रै केन्द्रीय कमिटीको बैठक अगाडि बढोस् भनेर मैले अनुरोध गरेको थिएँ।

विधान महाधिवेशनसमा सहभागी हुनुभयो कि भएन?
पहिलो दिन त गएँ। त्यहाँको गतिविधि हेरेँ। क्रियाकलाप नियालेँ। यस्तै प्रवृत्ति दोहोरिएको देखेपछि अर्को दिनदेखि भने गइनँ।

१५ गते तपाईं विधान महाधिवेशनमा जानुभयो। २१ गते पार्टी परिवर्तन गर्नुभयो। कस्तो प्रवृत्ति देख्नुभयो, जसका कारण मन मोडियो?
विधान महाधिवेशन एउटा मेलाजस्तो भयो। मान्छे जम्मा गर्ने र भीडभाड गर्ने त एउटा कुरा थियो। हामीले विधानमा राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका प्रतिनिधिहरु हुनेछन् भन्ने व्यवस्था गरेका थियौं। तर, विधान महाधिवेशनमा हजारौं मानिस जम्मा गर्ने काम भयो। मेलाको हिसाबले त ठीकै भयो। मान्छे पनि जम्मा भए। गतिविधि नियाल्दा पनि पार्टी नीति, विचार, सिद्धान्त र आदर्शमा भन्दा पनि व्यक्ति केन्द्रित भएको महसुस गरेँ। यस्तैगरी अगाडि बढ्यो भने नेकपा एमाले कुनै विचार, सिद्धान्त, आदर्श र कार्यक्रमको हिसाबले अगाडि जान सक्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईं माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुँदै गर्दा तपाईंको भूमिका र जिम्मेवारी के हुन्छ? सो पार्टीमा पद बाँडफाँट भइसकेको छ। तपाईंलाई के आश्वासन दिइएको छ?
पार्टी र संगठनमा काम गर्ने हो। आश्वासनभन्दा पनि जे जिम्मेवारी दिनुहुन्छ त्यसलाई वहन गर्ने हो। समावेश हुनुभन्दा पहिले नै म यहाँ वा उहाँ भन्ने पक्षमा छैन।

तपाईं आइसकेपछि सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिने चर्चा छ नि?
त्यसबारेमा नेतृत्वले छलफल गरेर जे जिम्मेवारी दिनुहुन्छ। त्यस अनुसार अगाडि बढ्छु।

हिजो माधव नेपालकै साथमा रहनु भएपनि तपाईं एकीकृत समाजवादीमा जानुभएको थिएन। अहिले जानुभयो। यसो गर्दा तपाईं जस्तै नेताहरु, जो हिजो माधव नेपालको साथमा भएरपनि विभाजनका बेला एमालेतिरै बसे। उनीहरूमा केही फरक पर्ला?
मुख्यतः पार्टीले लिने नीति, सिद्धान्त र आदर्शको आधारमा नै नेता तथा कार्यकर्ता क्रियाशील हुने हुन्। त्यहाँको अहिलेको सोच, गतिविधि र प्रवृत्ति हेर्दाखेरी हिजो एमाले जनताको बीचमा लोकप्रिय पार्टी थियो। तर, अहिले कार्यकर्ताले जे अनुभूति गरिरहेका छन्। मैले बुझ्दाखेरी धेरै जसो साथीहरु पीडामा नै हुनुहुन्छ। उहाँहरुले कहिले सोच्नुहुन्छ, मैले अहिल्यै भन्न सक्दिनँ तर धेरै साथीहरुले सोच्न बाध्य हुनुहुन्छ होला।

लामो समयसम्म सँगै हिँडेका साथीहरू अहिले पार्टी छिन्नभिन्न भएकै कारण एक अर्काको प्रतिस्पर्धी हुँदै गर्दा नरमाइलो महसुस हुँदैन?
असाध्यै पीडाबोध भएको छ। नेकपा एमालेको नेतृत्वले किन यस्तो गर्‍यो भनेर हामी दुःखी भएका छौं। उत्तर दिन पनि हामीलाई अप्ठ्यारो भइरहेको छ। नेकपा एमालेलाई यो ठाउँमा पुर्‍याउन देशभरका कार्यकर्ताले मिहिनेत गर्‍यौं। दुई तिहाइ बहुमत आइसकेपछि अब २०/३० वर्ष ढुक्कले नेकपाको सरकार रहन्छ, सरकारले पनि उत्साहित ढंगले काम गर्छ र देशभर हाम्रो पार्टी स्थापित भएर जान्छ भनेर सोचेका थियौं। तर, नेताहरुले कामले पीडा भएको छ। अप्ठ्यारो भएको छ। तर, एउटा बाध्यताले अहिलेको अवस्थामा आइपुग्यौं। अहिले पनि मूल नेतृत्वमा अलिकति फेरबदल भइदियो भने तलका नेकपा एमालेका नेता तथा कार्यकर्ता र एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताबीच ठूलो तिक्तता देखिएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंको नजरमा एमाले विभाजनको कारण केपी ओली र माधव नेपाल नै हुन्?
विशेषगरी मूल नेतृत्व कारण हो भन्छु। त्यसबाहेक थोरबहुत अरुको पनि कमजोरी होला। हाम्रो पनि केही भूमिका होला। हाम्रो भूमिकाको बारेमा हामी पनि जवाफदेही हुनुपर्ला। तर, मूल रुपमा पार्टी नेतृत्व र त्यससा पनि मूल रुपमा पार्टी अध्यक्ष नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने हो जस्तो लाग्छ।

अहिले गठबन्धन पनि छ। यदि चुनावमा यो गठबन्धन सँगै गएन भने त्यतिबेला एमाले र एकीकृत समाजवादी मिल्न सक्ने सम्भावना छ?
म त्यो सम्भावना देख्छु। हाम्रा विगतमा भएका कमिकमजोरी सच्याएर नेतृत्व तथा पार्टी एक ठाउँमा आउनुपर्छ भन्ने मेरो भावना छ। त्यसका लागि मेरो तर्फबाट निरन्तर प्रयास पनि गर्छु।

अब एकीकृत समाजवादीलाई अगाडि बढाउन, विशेषगरी सुदूरपश्चिममा, यहाँको भूमिका के हुन्छ?
मैले आफ्नो तर्फबाट प्रयास गर्छु। मैले पार्टीमा रहँदा जेसुकै जिम्मेवारी पाए पनि मेरो आफ्नो ठाउँ र क्षेत्र भएकाले सुदूरपश्चिममा आफ्नो भूमिका निभाउँछु।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्