काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
बिहीबार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक अघि उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।
एमाले परित्याग गरेका जोशीलाई एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको छ। कार्यक्रममा अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाएको घोषणा गरेका थिए।
दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौ २२ को समयसीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे।
उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।
जोशी नेकपा रहँदा माधव नेपाल–प्रचण्ड समूहमा थिए भने एमालेभित्रको अन्तरसंघर्षको समयमा नेपाल समूहमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।