काठमाडौं- ‘प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिक २९ गतेदेखि हुने भएको छ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए।
प्रत्येक तौलसमूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ। प्रायोजक बढेमा पुरस्कार राशीमा पनि वृद्धि गर्न हुनसक्ने आयोजकले जनाएको छ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहेपनि यकिन भइ नसकेको बताइएको छ। कभर्डहलमा सम्भव नभए काठमाडौंमै प्रतियोगिता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।