काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तीबीच मंसिर २१ गतेपछि पार्टी एकीकरण गर्ने सहमति भएको छ। तीन पार्टीका शीर्ष नेतृत्वले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पार्टी एकीकरण गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन्।
काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सहमतिपत्र सार्वजनिक गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि एकता हुन लागेको बताए।
'एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि एकता गर्न तीन पार्टी सम्मिलित ८ सदस्य एकता संयोजन समिति गठन भएको छ,' शर्माले भने। संयोजन समितिको प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तोकिएको छ। एकता संयोजन समितिमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना र नयाँ शक्तिबाट १ जना थप सदस्य रहनेछन्।
संयुक्त पत्रकार सम्मेलनमा नेताहरुले के-के भने, हेर्नोस् भिडियो
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको ६ बुँदे सहमति यस्तो छ


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।