काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० मा एक जनाको हत्या भएको छ। पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा मारेर गाडिएको अवस्थामा ५९ वर्षीय नेत्रप्रसाद दाहलको शव भेटिएको प्रहरीले जनाएको छ।
दाहाललाई उनकै घर अगाडि गाडिएको अवस्थामा फेला पारिएको सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
सिम्ले फाँटमा रहेको दाहालको घर अगाडि खुट्टाका औंला बाहिरबाटै देखिएपछि प्रहरीले उत्खनन् गरेको थियो। उत्खनन्पछि प्रहरी शव फेला पारेको थियो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।