काठमाडौं- दशैँलाई लक्षित गर्दै नेपाली सेनाले आफ्ना कर्मचारी र तिनका परिवारका लागि नि:शुल्क यातायात सञ्चालन गरेको छ।
सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यले सोमबारदेखि यातायात सेवा सञ्चालन गरेको हो। यो सेवा असोज ३० गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ।
स्थल एवं हवाई मुभ सञ्चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्यस्थलसम्म पुर्याउने काम भइरहेको सेनाको भनाइ छ।
हालसम्म जमिनी मुभबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवार र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।