काठमाडौं- ‘ग्रेविटी’, ‘इन्टरस्टेलर’जस्ता कैयौं फिल्म छन्, जसमा अन्तरिक्षको विषय समेटिएको छ। तर, आजसम्म कुनै पनि फिल्म अन्तरिक्षमै छायांकन भएको थिएन।
रुसका एक निर्देशकले भने आफ्नो फिल्मका केही दृश्यलाई अन्तरिक्षमै छायांकन गर्ने भएका छन्। रसियन निर्देशक क्लिम शिन्पेले आफ्नो फिल्म ‘च्यालेन्ज’को छायांकन अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा छायांकन गर्न लागेका हुन्। नासाले आफ्नो सामाजिक सञ्जालमार्फत् शिन्पेको फिल्मको छायांकनको विषयको जानकारी दिएको हो।
नासाको ट्विटअनुसार शिन्पेको फिल्मको छायांकनका लागि ५ अक्टोबरमा आईएसएसमा फिल्मको टोली पुगेको छ। योसँगै अन्तरिक्षमा फिल्म छायांकन गर्ने पहिलो देश रुस हुने भएको छ।
नासाकाअनुसार फिल्मकी अभिनेत्री युलिया पेरसिल्ड, निर्देशक शिन्पे र अन्तरिक्ष यात्री एन्टोन श्काप्लेरोव अन्तरिक्षमा फिल्मको छायांकनका लागि जाँदै छन्। फिल्मको टोली कजाखस्तानको बैकोनुर कोस्मोड्रोमबाट अन्तरिक्षमा गएका छन्। उनीहरुले मंगलबार दिउँसो २:४१ मा अन्तरिक्ष उडान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।