१) सत्ता गठबन्धन मन्त्रालय भागबण्डाबारे सहमति नजिक, कांग्रेसले अब सञ्चार सहित थप तीन मन्त्रालय पाउने, अन्य तीन दललाई ५/५ वटा मन्त्रालय। (मन्त्रालय भागबण्डाबारे सहमति नजिक)
२) ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय, आरोपित सबै प्रहरीले पाए सफाइ। (गोरेसहित ६ जनालाई जन्म कैद)
३) सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा १२ जना पक्राउ, अहिलेसम्म ७० करोड रुपैयाँ ठगी गरेको भन्दै १३० जनाबाट उजुरी । (सिभिल ग्रुपका १२ जना पक्राउ)
४) ताइवान चीनको कब्जामा गए एसियाको शान्तिमा विनाशकारी परिणाम आउने ताइवानी राष्ट्रपतिको चेतावनी, ताइवानले सैन्य टकराव नचाहेको उल्लेख, आफ्नो रक्षाका तयारी अवस्थामा रहेको दाबी। (ताइवानको चेतावनी)
५) र, काठमाडौं किंग्स इलेभेन एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश, ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकियो । ( काठमाडौं ईपीएलको प्ले अफमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।