• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउड र लागु औषधको सम्बन्ध किन बाहिर आउँदैन?

इकबाल परवेज बिहीबार, असोज २१, २०७८  ०७:०५
1140x725

काठमाडौं– बलिउडमा एकपटक फेरि ड्रग्स (लागु औषध)को चर्चा चुलिएको छ। विगतमा जस्तो यसपटक यो मुद्दामा प्रत्यक्ष रुपमा बलिउडका कुनै स्टार सामेल छैनन्। तर, बलिउडका ‘बादशाह’ भनिने शाहरुख खानका छोरा आर्यन ड्रग्ससहित पक्राउ परेका छन्। 
 
शनिबार (२ अक्टुबर)मा भारतको लागु औषध नियन्त्रण निकाय (एनसीबी)ले आधा रातमा मुम्बईबाट गोवा जाँदै गरेको एक जहाज (क्रुज)मा छापा मारेको थियो। एनसीबीले यो घटनामा शाहरुख खानका छोरा आर्यन खानसहित अन्य ८ जनालाई हिरासतमा लिएको छ। यीमध्ये आर्यनसहित अन्य तीनविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। 

अदालतले सोमबार आर्यनसहित अन्य तीन अभियुक्तलाई हिरासतमा राख्ने अवधि ७ अक्टोबरसम्म बढाएको छ। आर्यनका वकिलले बताएअनुसार एनसीबीले उनीसँग कुनै पनि किसिमको लागु औषध फेला पारेको छैन।

अर्कातिर, एनसीबीले भने आर्यनको साथमा लागु औषध भेटिएको दाबी गरेको छ।

आर्यन खानको जमानतको विषयलाई लिएर मुम्बई अदालतमा सुनुवाइ हुँदा आर्यनका वकिल सतीश मानशिन्देले म्यासेज च्याटको आधारमा गिरफ्तार गरिएकाले आर्यनलाई रिहा गरिनुपर्ने जिकिर गरेका थिए। ‘आर्यन पार्टीमा आफैं पुगेका थिएनन्, उनलाई बोलाइएको थियो। आर्यनसँग पास टिकट पनि थिएन, न एनसीबीले आर्यनको ब्यागबाट केही फेला पारेको छ,’ आर्यनका वकिल मानशिन्देको भनाइ छ। 

एनसीबीको टोलीले आइतबार आर्यनसँगै अरबाज मर्चेन्ट र मुममुन धमेचालाई एक दिनका लागि हिरासतमा पठाएको थियो। उनीहरुलाई जमानतमा रिहा गरिनुपर्ने मागसहित परेका याचिकामा सोमबार सुनुवाइ भएको थियो। तर, अदालतले रिहा नगरी ७ अक्टोबरसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो। 

आर्यनसहितका ३ अभियुक्तहरुको मोबाइल फोनबाट लागु औषधको बिक्री गर्ने व्यक्तिसँग भएको कुराकानीको च्याट भेटिएको एनसीबीको दाबी छ। जसकारण उनीहरुलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ। सँगै सबै अभियुक्त एकअर्कासँगको सम्पर्क र समन्धमा रहेको एनसीबीले जनाएको छ। 

आर्यनभन्दा पहिले बलिउडमा ड्रग्सको कहानी
बलिउडमा पटक–पटक ड्रग्ससँग जोडिएका घटनाहरु बाहिरिरहेका हुन्छन्। शाहरुखका छोरा आर्यनसँगको यो मुद्दा पहिलो होइन्, यसअघि थुप्रै यस्ता घटनाहरु बाहिरिएका छन्। 

अभिनेता सुशान्त सिंह राजपुतको मुत्युको अनुसन्धान लागु औषधसम्म पुगेको थियो। लागु औषध सँगको सम्बन्धलाई लिएर पहिले रिया चक्रवर्ती (सुशान्तकी प्रेमिका)का भाइ शौविक चक्रवर्ती र पछि रिहा आफैं पनि हिरासतमा पुगेकी थिइन्।

Ncell 2
Ncell 2

रिया चक्रवर्तीको विरुद्धमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा पनि मुद्दा दर्ता भएको छ, जसमा अहिले पनि सीबीआईले अुनसन्धान गरिरहेको छ।

एनसीबीले अनुसन्धान गरेपछि बलिउडमा लागु औषधको प्रयोगको विषयलाई लिएर ठूलो बहस सिर्जना भएको थियो। भारतीय राज्य सभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले शून्य समयमा केही मानिसका कारण बलिउड क्षेत्रलाई नै खराब भन्न नमिल्ने बताएकी थिइन्। 

भारतीय जनता पार्टीका सांसद रवि किशनले लोकसभामा फिल्म क्षेत्रमा भइरहेको लागु औषधको प्रयोगको विषयलाई उठाएका थिए। सँगै यो किसिमको अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका थिए। 

लागु औषधको विषय बाहिरिएसँगै अभिनेत्री कंगना रौनतले बलिउडका ९९ प्रतिशतले नशा गर्ने बताएकी थिइन्। अर्कातिर रवीना टण्डनले कंगनालाई ‘टोकरीमा केही स्याउ कुहिएको हुँदा सबै स्याउ नकुहिने’ भन्दै कटाक्ष गरेकी थिइन्। 

कंगनाको आरोप
अभिनेत्री कंगना रौनतले बलिउडसँग जोडिएकामध्ये ९९ प्रतिशत व्यक्तिहरुले कुनै न कुनै प्रकारको लागु औषध प्रयोग गर्ने गरेको बताएकी थिइन्। 

मुम्बई प्रहरीले लागु औषधको विषयलाई लिएर कंगनामाथि पनि अनुसन्धान गरिरहेको छ। कंगनाका नजिकका साथी अध्ययन सुमनको बयानका कारण उनीमाथि अनुसन्धान भइरहेको छ। उक्त बयानमा सुमनले कंगनाले जबर्जस्ती ड्रग्स सेवन गराउने कोसिस गरेको आरोप लगाएका छन्। 

कंगना आफैंले इन्स्टाग्राममा राखेको एक भिडियोमा उनी आफैंले ड्रग्स सेवन गर्ने गरेको बताएकी थिइन्। उक्त भिडियो निकै भाइरल पनि भएको थियो। 

यसबीच बलिउडमा कैयौं हस्तीहरुमा एनसीबीले नजर राखिरहेको रिपोर्ट सार्वजनिक भएको थियो। एनसीबीका उपप्रमुख केपीएस मल्होत्राले यसअघि नै भनेका थिए, ‘हामी यो विषयमा अनुसन्धान गरिरहेका छौं। अनुसन्धानमा केही मानिसको नाम संलग्न देखिएको छ। मिडियामा ती मान्छेलाई लिएर भनिएका कुराहरु अनुमान मात्रै हुन्। तर, ज–जसको नाम आएको छ, उनीहरुको अनुसन्धान भइरहेकाले अहिले नै ती नाम सार्वजनिक गर्न सक्दैनौं।’

केपीएस मल्होत्राका अनुसार अनुसन्धानमा लागु औषध कारोबारी तथा यसको प्रयोग गर्ने फिल्म कलाकारलाई पत्ता लगाउने कोसिस भइरहेको छ। लागु औषधको जालोलाई बलिउडमा थप फैलिनबाट रोक्न थप अनुसन्धान भइरहेको केपीएस मल्होत्राले बताएका छन्। 

तर, यो विषयमा बलिउडका हस्तीहरुको भने मौनता छ। उनीहरु केही बोलेका छैनन्। भारतीय सञ्चारमाध्यमका अनुसार धेरै बलिउड अभिनेता/अभिनेत्रीलाई सम्पर्क गर्दा पनि उनीहरु केही बोल्न चाहेका छैनन्। 

शर्लिन चोपडाको दाबी
बलिउडकी अर्की अभिनेत्री शर्लिन चोपडाले ड्रग्स सेवन गर्ने कुरा स्वीकार्दै कंगना रौनतले जस्तै आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘मलाई विश्वास गर्ने हो भने बलिउठमा पाँच प्रतिशत मान्छे मात्रै छन्, जसले नशा गर्दैनन्।’

शर्लिनको यो दाबी अनुमानको भरमा गरेको देखिन्छ। किनकि, अहिलेसम्म बलिउडका कुनै पनि मानिसहरुले लागु औषधको सेवन व्यापक रुपमा गरिरहेको भन्ने कुरा कुनै पनि अनुसन्धानबाट खुलेको छैन। 
 
तर, शर्लिनले भनेकी छिन्, ‘सुरुवातमा मलाई फिल्ममेकरहरु पार्टीमा बोलाउँथे। मलाई त्यहाँ जाँदा सम्बन्ध विस्तार हुन्छ भन्ने लाग्थ्यो। मान्छेसँग चिनजान हुँदा काम पाउन पनि सहज होला भन्ने थियो। तर, जब मैले बलिउडका पार्टीहरुमा सम्बन्ध विस्तार गर्ने कम र लागु औषधको नशा धेरै हुने थाहा पाए, तब म त्यस्ता पार्टीमा जान छाडिदिएँ।’

एनसीबीका उपप्रमुख मल्होत्राका अनुसार लुकिछिपी लागु औषध सेवन गरेको विषयलाई लिएर यसअघि पनि उजुरीहरु परेका थिए। उनले भने, ‘एक पटक जब यो विषय बाहिर आउँछन्, तब एजेन्सीहरुलाई यस्ता विषयको उजुरी पनि आउँछ। एजेन्सीले अनुसन्धान गर्न थाल्छ। यो मुद्दामा पनि यस्तै भइरहेको छ। अनुसन्धानबाट लागु औषधको सेवन र कारोबारमा जो संलग्न देखिन्छ, उनीहरुलाई कारबाही हुन्छ।’

तर, शर्लिन भने अनुसन्धानबाट केही नहुने बताउँछिन्। उनले भनेकी छिन्, ‘एनसीबीको अनुसन्धानबाट यसको सेवन तथा व्यापार गर्नेहरुको नाम बाहिर त आउँछ। तर, नाम आएका मानिसहरु केही समयलाई लुक्नेछन्। त्यससछि यो विषय पनि विस्तारै सेलाउँदै गएर हराउँछ। तब उनीहरु बाहिर आएर फेरि आफ्नो काममा फर्किनेछन्।’

बलिउडका चर्चित लागु औषध घटना
बलिउडमा कैयौं पटक लागु औषधको प्रयोग र विभिन्न नशा गरेको घटनाहरु बाहिरिएका छन्। तर, आधिकारिक रुपमा भएका अनुसन्धानमा यी कुराहरु पुष्टि भएका छैनन्। केही बलिउड सेलिब्रेटीहरुलाई मात्रै यो विषयमा जेल जानु परेको छ भने थोरैले मात्रै पुनःस्थापना केन्द्र पुग्नु परेको छ। 

सञ्जय दत्त
अभिनेता सञ्जय दत्तको विषय यसमा सबैभन्दा माथि छ। बलिउडमा सबैभन्दा चर्चित घटना नै सञ्जय दत्तको ड्रग्सको मुद्दा हो। उनका बुवा सुनील दत्तले उनलाई पुनःस्थापना केन्द्रमा राखेका थिए। केन्द्रबाट फर्किएपछि सञ्जय दत्त पुनः बलिउडमै फर्किए। 

दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’मा पनि उनले लागु औषध प्रयोग गर्ने विषयको बयान गरिएको छ।

प्रतीक बब्बर
राज बब्बर र स्मिता पाटिलका छोरा प्रतिक बब्बरले १३ वर्षको उमेरमै लागु औषधको प्रयोग गर्न सुरु गरेको स्वीकारेका थिए। उनलाई पुनःस्थापना केन्द्रमै लगेर लागु औषधको सेवनबाट छुटाइएको थियो। लागु औषधको प्रयोग र यसको भूमरीबाट निस्किएर पुनः सामान्य जीवनमा फर्किन पाएकोमा बब्बर आफूलाई भाग्यमानी समेत ठान्छन्। 

फरदीन खान
फिरोज खानका छोरा फरदीन खानलाई सन् २००१ मा मुम्बई प्रहरीले लागु औषधसहित पक्राउ गरेको थियो। खानको यो मुद्दा अदालतसम्म पुग्यो, जहाँ उनले पुनःस्थापना केन्द्र गएर आफ्नो उपचार गराउने बताएका थिए। आफू लागु औषधबाट छुट्कारा पाउन पुनःस्थापना केन्द्र जाने बताएपछि खानलाई अदालतले कुनै पनि किसिमको सजाय तोकेको थिएन्। 

डीजे अकिल 
सञ्जय खानका ज्वाइँ डिजे अकिललाई सन् २००७ मा दुबईमा लागु औषधको मुद्दामा हिरासतमा लिइएको थियो। तर, उनीविरुद्ध कुनै पनि किसिमको प्रमाण नभएपछि उनलाई यो आरोपबाट मुक्त गरिएको थियो। 

विजय राज
बलिउडका चर्चित अभिनेता विजय राजलाई सन् २००५ मा दुबईमा लागु औषधको प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। विजय त्यति बेला आफ्नो फिल्म ‘दीवाने हुए पागल’को छायाङ्कनका लागि दुबई पुगेका थिए।

विजयले आफूमाथि लागेको यो आरोपलाई आजसम्म खण्डन गर्दै आएका छन्।

राहुल महाजन
भारतीय जनता पार्टीका चर्चित नेता प्रमोद महाजन र भारतीय टेलिभिजन रियालिटि शो ‘बिग बोस’मार्फत चर्चामा आएका राहुल महाजनको नाम पनि एक समय लागु औषधसँग जोडिएको थियो। उनीविरुद्ध लागु औषधको सेवन गरेको आरोप थियो, जुन पुष्टि भएपछि उनी जेल समेत जानु परेको थियो। लागु औषधको ओभर डोजका कारण उनको स्वास्थ्यमा समस्या हुँदा उनलाई गम्भीर हालतमा अस्पताल पुर्‍याइएको बताइएको थियो। 

तर, महाजनले भने आजसम्म पनि यो मुद्दालाई गलत भएको बताउँदै आएका छन्। 

कस्ता पार्टीमा हुन्छ लागु औषधको सेवन?
मुम्बईका फिल्म स्टारहरुका पार्टी कैयौं किसिमका हुन्छन्, जहाँ फरक–फरक प्रकारले मनोरञ्जन गरिन्छ। 

कहिले फिल्मको सफलताको नाममा त कहिले फिल्मको शुभ मुहुर्तको नाममा पार्टीको आयोजना गरिन्छ। यस्ता पार्टीमा फिल्मको टोलीसँगै सञ्चारमाध्यमका प्रतिनिधिहरु पनि सहभागी हुन्छन्। यस्ता पार्टीका धेरै फिल्म स्टारहरु उपस्थित हुन्छन्। 

यो किसिमका पार्टीहरुमा रक्सीको व्यवस्था हुन्छ, तर लागु औषध हुँदैन। सञ्चारमाध्यमको उपस्थितिमा बलिउडका कलाकारहरुले आफ्नो जन्मदिन पनि मनाउँछन। तर, त्यहाँ पनि लागु औषध वा कुनै नशालु पदार्थको व्यवस्था गरिएको हुँदैन।  

त्यसो भए कहाँ हुन्छ त लागु औषध? कस्ता पार्टीमा यसको सेवन गरिन्छ?

फिल्म स्टारहरुले सार्वजनिक पार्टीबाहेक व्यक्तिगत रुपमा ‘प्राइभेट पार्टी’ पनि आयोजना गर्छन्। यस्ता पार्टीहरुमा मिडियाको उपस्थिति हुँदैन। यस बाहेक डिस्को तथा पबहरुमा पनि बलिउडका स्टारहरुको निकै धेरै पार्टीहरु हुन्छन्। सँगै मुम्बईमा रेव पार्टी पनि निकै चर्चित छ।

बलिउडमा हुने नशाको प्रयोग र यसको सम्बन्ध बेला बेला दुनियाँ सामु प्रस्तुत हुन्छ। तर, धेरै जसो समय भने यो गुपचुप नै रहिरहन्छ।

-बीबीसी हिन्दीबाट
 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सम्बन्धित सामग्री
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको... मंगलबार, साउन २७, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्