काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दोस्रो पटक भेटवार्ता भएको छ।
दिउसो ४ बजे दोस्रो पटक भएको भेटका क्रममा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताएका छन्।
प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र भएकाले सरकारलार्इ दिएको समर्थन यथावत् रहेको जानकारी प्रधानमन्त्रीलाई दिएको प्रधानमन्त्री देउवाका वरिष्ठ प्रेस संरयोजक गोविन्द परियारले बताए।
छलफलमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई ‘सत्ता साझेदार एउटा पार्टीसँग र चुनावी तालमेल अर्को पार्टीसँग गर्नु राम्रो नभएको’ समेत बताएका थिए। जवाफमा प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र हो भनेका छन्।
बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच करिब २५ मिनेट वार्ता भएको थियो। यसअघि आज बिहानै करिब १ घण्टा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।