१) एमालेमा ७० वर्षेको व्याख्याले ओलीलाई सहज, पदाधिकारीको संख्यामा १५ जना पुर्याइने, आधिकारिक लोगो परिवर्तन, अब सूर्य चिह्नभित्र हँसिया हथौडा । (एमालेमा ओलीलाई सहज)
२) एमाले व्यक्तिपूजक र मूर्तिपूजक नभएको ‘देवत्वकरण’को आलोचनाप्रति ओलीको टिप्पणी, बुढा नेताहरु एकतातिर र अरु नेताहरु अर्कोतिर हुने अवस्था आउन सक्ने ईश्वर पोखरेलको दाबी । (आलोचनाप्रति ओलीको टिप्पणी)
३) अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारी विद्यार्थी कार्यालय बैठकले टुंगो लगाउने, नेतृत्व दाबी गर्ने ५ जनालाई प्रचण्डले बनाए केन्द्रीय सदस्य । (अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह)
४) गर्भपतन अधिकार माग गर्दै अमेरिकाका ५० वटै राज्यमा प्रदर्शन, टेक्सस राज्यको नयाँ कानुनले गर्भपतन सेवासम्मको पहुँचमा कडाइ गरेको उल्लेख, संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त । (अमेरिकामा गर्भपतन अधिकारको माग)
५) र, लगातार चौंथो जितसँगै चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा, ललितपुर प्याट्रियटर्स ५ विकेटले पराजित, चितवनले लिगको अन्तिम खेल सोमबार भैरहवासँग खेल्ने । (चितवन क्वालिफायरमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।