फाइल तस्बिर
काठमाडौं- साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मीले २६–२४ को जित निकालेको थियो। यस्तै, आर्मीले दोस्रो सेट १७–२५ ले गुमाएको थियो।
तेस्रो सेट २५–१८ जित्दै आर्मी जित नजिक पुगेको थियो। चौथो सेटमा हेल्प नेपालले २५–२४ को अग्रता लिएको थियो।
तर, त्यसलाई जोगाउन नसक्दा आर्मीले ३३–३१ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो।
उपाधिसँगै आर्मीले ४ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको हेल्प नेपालले २ लाख रुपैयाँमा चिक्त बुझायो। तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ हात पारेको छ।
महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लबले चिरपरिचि प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लबलाई ३–१ को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।