१) एमाले संवादबाट भागेको सत्तापक्षको दाबी, सर्वदलीय बैठकमा अनुपस्थित भएर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप, बैठकबाट भाग्नु मुलुकको आवश्यकताभन्दा परको कुरा रहेको कानुन मन्त्रीको तर्क । (एमाले संवादबाट भागेको सत्तापक्षको दाबी)
२) संसद्को अवरोध खुलाउन प्रधानमन्त्री र सभामुखले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने एमालेको माग, संविधान मिचेर बनाइएको र सरकारमा सहभागी दललाई मान्यता दिइएको बैठकमा नजाने उल्लेख । (सदन खुलाउन ओलीसँग संवाद गर्नुपर्ने एमालेको माग)
३) राष्ट्रसंघको महासभामा नेपालले सशक्त र जोडदार रुपमा मुद्दा उठाएको परराष्ट्रमन्त्री नारायण खड्काको दाबी, परराष्ट्रमन्त्रीले झुटो बोलेको भन्दै द्वन्द्वपीडितले राष्ट्रसंघका महासचिवलाई पठाए पत्र । (परराष्ट्रमन्त्रीको खड्काको दाबी)
४) दक्षिण कोरियासँगको हटलाइन पुनः सुरु गर्न तयार रहेको उत्तर कोरियाका शासक किम जोङ उनको भनाइ, अमेरिकाले उत्तरप्रतिको 'शत्रुतापूर्ण नीति' परिवर्तन नगरी छलफलको प्रस्ताव गरेको आरोप । ( उत्तर कोरिया हटलाइन खोल्न तयार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।