१) प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा, ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी । ( प्रदेश–२, मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा)
२) मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आक्रोश, आफूहरुलाई सुरुदेखि नै बदनाम गराउनेहरुबाट षडयन्त्र भएको दाबी । ( अख्तियारको छापापछि मुख्यमन्त्री आक्रोशित)
३) लगातार तीन दिन उच्च अंकले घटेको सेयर बजारमा सुधार , नेप्से ५०.५८ अंकले बढ्यो, कारोबार रकम भने पाँच अर्ब दुई करोड रुपैयाँमा खुम्चियो । (नेप्सेको पहिरोमा ‘ब्रेक’)
४) उत्तर कोरियाले हाइपरसोनिक नयाँ मिसाइलबारे दियो जानकारी, अमेरिका र आफ्ना सहयोगीहरुका लागि तत्कालका लागि कुनै खतरा नभएको अमेरिकी सेनाको भनाइ । ( उत्तर कोरियाले नयाँ मिसाइलबारे दियो जानकारी)
५) र, एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियटर्स अंक तालिकाको शीर्ष स्थानमा, दोस्रो खेलमा विराटनगर वारीयर्स ६ विकेटले पराजित, पहिलो खेलमा ललितपुरमाथि पोखराको सहज जित । (भैरहवा अंक तालिकाको शीर्ष स्थानमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।