काठमाडौं- कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाने भएका छन्।
अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डे तथा ७५ केजीमुनिमा मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन्। दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कास्य जितेका थिए।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले बुधबार बिदाइ गरे।
उक्त अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वास लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए। साकिरले खेलाडीको खाना/बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।