काठमाडौं- कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का ४० वर्षीय मनोजकुमार यादव छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पक्राउ गरेको हो।
यादवसहितका व्यक्तिले सप्तरी राजविराज नगरपालिका–८ का रामएकवाल सिंहको २०६५ वैशाख २ गते हत्या गरेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतले २०७४ पुस १७ गते यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।