काठमाडौं- नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन्। बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन्।
त्यस्तै, उपाध्यक्षमा प्रविन तुलाधर विजयी भएका छन्। एनओसीमा आबद्ध ओलम्पियन्स संघमा महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध भइसकेको छ।
महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन्।
सदस्यमा सफलराम श्रेष्ठ, कान्छीमाया कोजी, राजकुमारी पाण्डे, प्रमिला रिजाल, विष्णुबहादुर सिंह, टिकाराम श्रेष्ठ, रन्जन श्रेष्ठ, विमला रानामगर र मुकुन्दहरि श्रेष्ठ निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।