१) राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नु असंवैधानिक र षड्यन्त्रपूर्ण रहेको कानुनमन्त्रीलाई ओलीको जवाफ, कानुन बनाउने, संशोधन र खारेजको अधिकार र काम संसद्को भएको तर्क। (बालकोट पुगेका कानुनमन्त्रीलाई ओलीको जवाफ)
२) परराष्ट्रमन्त्री नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर, शपथ असंवैधानिक रहेको दाबी, शपथसम्बन्धी कानुन निर्माण गर्न आदेश माग। (परराष्ट्रमन्त्रीको शपथविरुद्ध रिट दायर)
३) नेपाली विशेषताको समाजवादमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माको प्रस्ताव, ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था नरहेको उल्लेख। (पूर्णसमानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव)
४) गत जुनमा मात्रै थप्पड खाएका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि फेरि अण्डा प्रहार, घटना हिंसात्मक र मूर्खतापूर्ण भएको म्याक्रोनको प्रतिक्रिया। (फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि अण्डा प्रहार)
५) र, एभरेस्ट प्रिमियर लिगमा वर्षाका कारण रोकिएका खेलको नयाँ तालिका सार्वजनिक, काठमाडौं र विराटनगरबीचको खेल शुक्रबार र भैरहवा र चितवनबीचको खेल शनिबार हुने। (ईपीएलमा वर्षाले रोकिएका खेलको तालिका सार्वजनिक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।