काठमाडौं– सरकारले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
ढुंगानामाथि गैर कानुनी रुपमा आफन्तको नाममा सेयर खरिद गरेको आरोप लागेको छ।
ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भन्दै भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो।
उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको छानबिन समितिले गत मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक निर्णय गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।