काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशवकुमार विष्टको नेतृत्वमा नेपाल खेलकुद महासंघको नयाँ समिति गठन भएको छ।
नेकपा एमालेको भ्रातृ संगठनका रुपमा पुरुषोत्तम पौडेलको अध्यक्षतामा २०६६ नेपाल खेलकुद महासंघ (नेकोस) स्थापना भएको थियो। एमाले विभाजित हुँदा पौडेल र महासचिव धर्मकुमार श्रेष्ठ एकीकृत समाजवादीमा लागेका थिए।
तर, पौडेल र श्रेष्ठले शनिबार मुल पार्टीमै फर्किएको बताएका छन्। यसअघि एमालेनिकट नेपाल खेलकुद महासंघमा ३३६ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको थियो।
उक्त कार्यसमितिका ३०७ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको जनवर्गीय संगठनको रुपमा महासंघमा रहने निर्णय गरेसँगै विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए।
उनका अनुसार नयाँ समितिले महासंंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालय कार्यसमिति समेत गठन गरेको छ।
महासंघको राष्ट्रिय भेला आगामी कार्तिक १२ र १३ गते काठमाडौंमा गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।