• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्रलाई किन चाहियो आन्तरिक निर्वाचन?

64x64
वीरेन्द्र ओली सोमबार, असोज ११, २०७८  २२:२०
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नेतृत्व र नीति तय गर्न आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टीलाई आफ्नै जनाधारमा टेकाउने गरी अन्तरिम विधानसमेत तयार गरिसकेको छ।

माओवादीले इतिहासकै पहिलोपटक वडादेखि केन्द्रसम्म निर्वाचन विधिबाट नेतृत्व चयन गर्ने तयारी गरेको छ। माओवादीको अन्तरिम विधान २०७९ को धारा ३८ को उपधारा १ र २ मा भनिएको छ- सबै तहका पार्टी समिति र अधिवेशनका प्रतिनिधिहरूको निर्वाचनका लागि खुल्ला र समावेशी गरी दुई क्षेत्र तोकिनेछन्। सबै तहका पार्टी समितिका सदस्यहरू आफ्नोे तहकोमहाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने छन्।

निर्वाचनको विधि अपनाउँदा नेतृत्वको आकांक्षीको व्यवस्थापन गर्न र सही नेतृत्वका साथ पार्टीलाई बलियो सहज हुने उक्त पार्टीको अपेक्षा छ।

पार्टीलाई बलियो र प्रभावकारी बनाउन सबै समुदायको प्रतिनिधित्व हुनेगरी समावेशी चरित्र अवलम्बन गर्ने माओवादीको तयारी छ। साथै, युवाको निश्चित संख्या पनि विधानमै किटान गरिएको छ।

यद्यपि, विधानमा गरिएको व्यवस्थाको अपेक्षाविपरीत जनवर्गीय संगठनको नेतृत्व टुंग्याइएको छ। त्यहाँ नेतृत्वको लागि धेरै जना आकांक्षी थिए तर खुमलटारले आफ्नो प्रभावको प्रयोग गरी त्यसलाई व्यवस्थापन गरिदियो, बाहिर भने सर्वसम्मत भनियो।

यसअघि युवा संगठन 'योङ कम्युनिस्ट लिग' (वाईसीएल) को राष्ट्रिय सम्मेलनमा पनि विवाद भएको थियो। संयोजक र सहसंयोजक मात्रै बनाएर सर्वसम्मत भन्दै टुंगो लगाएको छ। यस्तै अखिल क्रान्तिकारीको असोज १४ गतेदेखि राष्ट्रिय सम्मेलन भनिए पनि  निर्वाचनमा नगइ सर्वसम्मत रुपमा नेतृत्व टुंगो लगाउन निर्देशन दिएको छ। यद्यपि, विद्यार्थी संगठनले नेतृत्वका आकांक्षी धेरै भएकाले निर्वाचन जान दिन दबाब बढाएका छन्।

यस्तै पत्रकार, महिला, मजदुरलगायत संगठनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न दबाब बढेको छ। यस्ता प्रवृत्तिले पार्टीको नेतृत्वको लागि पनि प्रतिस्पर्धा हुँदैन कि भन्ने आशंका बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, पार्टी कमिटीमा पनि नेतृत्वमा दाबी गर्ने आकांक्षी धेरै भएकाले निर्वाचनमा जानुपर्ने दबाब छ। अहिले  स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको व्यवस्थापन गर्न कठिन छ। यस्तो अवस्थामा माओवादीले कुन विधिबाट नेतृत्वको व्यवस्थापन गर्छ, त्यो पार्टीभित्रै चर्चाको विषय बनेको छ।

माओवादीमा प्रचण्डले जसलाई कमिटीमा ल्याउन चाह्यो, उसैले अवसर पाउने गरेको थियो। उनले रुचाएकै नेताहरु अगाडि बढ्छन् भन्ने मान्यता पनि छ। यस्तै अवस्था रहिरहेमा पार्टीलाई प्रभावशाली बनाउन कठिन पर्ने कतिपय माओवादी नेताको भनाइ पाइन्छ। त्यसैले पार्टीलाई प्रभावकारी र चुस्त बनाउन जनता र पार्टीमा भिजेका नेता ल्याउनुपर्ने उनीको भनाइ हुने गर्छ। त्यसका लागि पनि आन्तरिक चुनावको बाटो समातिएको हो।

माओवादीमा सर्वसम्मत तरिकाबाट नेतृत्व जिम्मा लगाउनुभन्दा जित/हार जे भए पनि निर्वाचनमार्फत् नेतृत्वको चयन गर्नुपर्ने दबाब बढेको हो। निर्वाचन भएमा त्यसले चर्चा पाउने, संगठनलाई तरंगित बनाउने र त्यसप्रति आकर्षण पनि बढाउने निर्वाचनका पक्षधरको भनाइ पाइन्छ।

माओवादीलाई चुनावमै जान कांग्रेस, एमालेलगायत पार्टीकोसमेत दबाब छ। उनीहरुले प्राय: कमिटीमा निर्वाचन विधिबाट प्रतिनिधि छान्दै आएकाले प्रजातान्त्रिक छवि ग्रहण गरेका छन्। अहिलेकै व्यवस्थामा अघि बढ्नुपर्ने अवस्थामा रहेको माओवादीलाई पनि उनीहरुकै शैली अपनाउनुपर्ने बाध्यता छ।

अहिले काग्रेसको १४औं महाधिवेशन चलिरहेको छ। जसका लागि वडा तहदेखि भइरहेको निर्वाचनको चर्चा छ। त्यसको मिडिया कभरेज पनि भइरहेको छ। तर, माओवादीको युवा र विद्यार्थीको राष्ट्रिय सम्मेलनको पनि कतै चर्चा छैन। त्यही विषयलाई लिएर खुमलटारको एक भेटमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुलीले विद्यार्थीको राष्ट्रिय सम्मेलनबाट आउन खोज्ने नेतृत्वहरुको किन चर्चा छैन भन्दै जिज्ञासा राखेका थिए। अखिल क्रन्तिकारीका पदाधिकारी प्रचण्डलाई भेट्न खुमलटार गएका बेला भेटिएका पराजुलीले कांग्रेसका वडामा पराजित उम्मेदवारको चर्चा छ, तपाईंहरुको किन भएन भन्दै प्रश्न राखेका थिए।

त्यसैले पनि माओवादीमा सर्वसम्मत तरिकाबाट नेतृत्व जिम्मा लगाउनुभन्दा जित/हार जे भए पनि निर्वाचनमार्फत् नेतृत्वको चयन गर्नुपर्ने दबाब बढेको हो। निर्वाचन भएमा त्यसले चर्चा पाउने, संगठनलाई तरंगित बनाउने र त्यसप्रति आकर्षण पनि बढाउने निर्वाचनका पक्षधरको भनाइ पाइन्छ।

पार्टी स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले सर्वसम्मत र निर्वाचन दुई विधिबाट नेतृत्व चयन गर्ने विधि बनाइको बताए। ‘हामीले पार्टी कमिटीमा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिएको छ। यदि कसैले मैले चुनाव लड्न पाउनुपर्छ भन्ने भएमा त्यो अवसर दिइन्छ,’ उनले भने, ‘तर, निर्वाचनको विधि कस्तो बनाउने टुंगो लागेको छैन। त्यसमा एउटा मोडालिटी बनाउँछौं। त्यसपछि सबैको प्रतिनिधित्व हुने गरी निर्वाचनमा जान्छौं।’

अहिले पकेटबाट सदस्य वितरण गर्ने र उनीहरुबाट आफू निर्वाचित हुने तरिकाले सबैको भावना समेट्न नसक्ने बस्नेतको दाबी छ। ‘अहिले पकेटबाट सदस्यता वितरण गर्ने, उनीहरुबाट निर्वाचित प्रतिनिधि हुने र त्यही नै लोकतन्त्र हो भन्नु हास्यास्पद हो। यसरी चुनिने तरिका कसरी लोकतान्त्रिक विधि भयो?,’ उनले भने, ‘सर्वसम्मत वा निर्वाचन जुनसुकै भए पनि लोकतान्त्रिक विधि नै हो। अझ उन्नत खालको लोकतान्त्रिक अभ्यास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिराखेका छौं।’

सर्वसम्मत भनेको प्रतिस्पर्धालाई प्रतिबन्ध लगाउने भन्ने नभएको बस्नेतले बताए।

यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कांग्रेस र एमालेले चुनाव गर्न र माओवादीले किन नगर्ने भन्ने मत तलबाट जबरजस्त रुपमा उठिरहेको बताए। 'हामीले मनोनयन गर्दा उसको योग्यता र क्षमता, उसले दिने कामको परिणामबाट गर्दैनौं। ऊ मेरो गुटको हो कि होइन भन्ने ढंगबाट हेरिन्छ। आफ्नो गुटमा लागेको छ भने लफङ्‍गोलाई पनि बोकेर हिँड्छौं। त्यस लफङ्‍गोलाई पनि सिकाउनलाई चुनाव गर्नुपर्छ भनेर तलबाट कुरा उठेको छ। नेतृत्व निर्माण गर्ने भनेको टिम निर्माण गर्ने हो। टिम निर्माण गर्दा आफ्नो योग्यता, क्षमता प्रदर्शन गर्ने वातावरण निर्माण गर्नुपर्छ,' उनले भने।

कसरी सबै समुदायको प्रतिनिधित्व हुने गरी निर्वाचन विधि बनाउने भन्ने विषयमा टुंगो नलागेको उनले बताए।

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टीमा निर्वाचन विधिबाट नेतृत्व चयन गर्ने अवस्था नआउने बताए। निर्वाचनका पनि आफ्नै समस्या भएको बताउँदै उनले अहिलेकै निर्वाचन विधिबाट सहीरुपमा लोकतन्त्रको अभ्यास हुन नसक्ने दाबी गरे।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्