• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओझेलमा परेका अनुहार एमाले विभाजनपछि फेरि ‘फ्रन्ट’मा

64x64
वीरेन्द्र ओली आइतबार, असोज १०, २०७८  २१:४२
1140x725

काठमाडौं- हरेकजसो पार्टीमा चर्चामा आइरहने सीमित नामहरु हुन्छन्। कतिपय यस्ता नेताहरु हुन्छन्, जो ओझेलमै परिरहेका हुन्छन्। उनीहरु दैनन्दिन समाचारका पात्र बनेका हुँदैनन्, अन्तर्वार्ताहरुमा भेटिँदैनन्। उनीहरुले चर्चा पाउन केही उथलपुथल हुनुपर्छ। पछिल्लो समय एमाले विभाजनपछि थुप्रै ओझेलका पात्रहरुले चर्चा पाएका छन्। नवगठित नेकपा एकीकृत समाजवादीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।

एकीकृत समाजवादीमा ठूलो संख्यामा पदाधिकारी चयन गरिएको छ। समावेशी बनाउने प्रयत्न गरिएको भनिए पनि कतिपय समुदायको प्रतिनिधित्व हुन सकेको छैन। तर, ती पदका लागि थुप्रै नयाँ अनुहार देख्न सकिन्छ, जो एमालेमा थिएनन्।

सो पार्टीमा माधवकुमार नेपालको नेतृत्वमा सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिवसहितको पदाधिकारी बनाइएको छ। जसका कारण लामो समयदेखि ओझेलमा परेका नेताहरुको पुनः चर्चा सुरु भएको हो। यसरी फ्रन्टमा आएका कतिपय नेता कुनै समयमा चर्चित भएपनि कालान्तरमा विभिन्न कारणले ओझेलमा परेका थिए।

राजदूत भइसकेका हमाल उपाध्यक्ष
एकीकृत समाजवादी गठन भएपछि 'फ्रन्ट'मा देखिएका अनुहारमध्ये उपाध्यक्ष प्रमेश हमाल पनि एक हुन्। उनी यसअघि एमाले कार्यक्रममा खासै देखिँदैनथे। एकीकृत समाजवादी गठन भएपछि भने अध्यक्ष नेपालसँगै अघिल्लो लहरमा देखिँदै आएका छन्।

काठमाडौंका स्थायी बासिन्दा हमालको पारिवारिक पृष्ठभूमि पनि कम्युनिस्ट नै हो। एमालेका पुराना र बौद्धिक नेता हमाल पार्टीकै कोटामा २ पटक राजदूत भइसकेका छन्। उनी मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा राजदूत भएका थिए। कूटनीतिक क्षेत्रतिर संलग्न भएकाले उनी पार्टी राजनीतिमा खासै सक्रिय देखिएका थिएनन्। प्रभावहीन नै थिए।

राजदूतको जिम्मेवारी पूरा गरेर फर्किएपछि माधव नेपालकै जोडमा तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा आएका थिए। उनलाई पोलिटब्युरोमा ल्याउन योजना बनाइएको भएपनि सो कमिटी गठन नहुँदै नेकपा विभाजित भयो।

एमाले विभाजनपछि हमाल नयाँ पार्टीको उपाध्यक्ष भइ सक्रियता बढाउँदै लगेका छन्। पार्टी राजनीति र चुनावमा पोख्त नभए पनि नयाँ पार्टीमा सक्रिय भएकाले उनी फ्रन्टमा देखिन थालेका हुन्।

न्यौपाने दाजुभाइ पनि पदाधिकारीमा
एकीकृत समाजवादीको तेस्रो वरियतामा छन्, नेता मुकुन्द न्यौपाने। केदार न्यौपाने उपाध्यक्ष चयन भएका छन्। मुकुन्दको सहोदर कान्छा भाइ हुन्, केदार। भोजपुर गोगनेमा जन्मिएका केदारले हेटौंडा र मुकुन्दले बारा जिल्लालाई आधार बनाएर राजनीति गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

मालेका संस्थापक नेता मुकुन्द बाराबाट २०५१ मा निर्वाचित भएका थिए। तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा श्रम तथा यातायात मन्त्री पनि भए। त्यसयता उनी निर्वाचित हुन सकेका छैनन्। यसअघि उपाध्यक्षमा पराजित न्यौपाने नेपालकै जोडबलमा प्रतिनिधि सभा समानुपातिक सांसद हुन सफल भए।

नेकपा विवादमा नेपालतिर लागे पनि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध भने गरेनन्। नेपालले नयाँ दल दर्ता गर्ने भएपछि दुवै दाजुभाइ अग्रमोर्चामा लागे। मुकुन्दभन्दा जुनियर नेता केदार उपाध्यक्ष भएपछि उनलाई नेताको मात्रै जिम्मेवारी दिएको छ।

न्यौपाने दाजुभाइ एमालेमा ओझेल परिसकेका थिए। दुवै जना एकीकृत समाजवादीको पदाधिकारी भएपछि फ्रन्टमा देखिएका छन्।

झापा विद्रोहमा सहभागी घनेन्द्र पनि उपाध्यक्ष
एकीकृत समाजवादीका उपाध्यक्ष घनेन्द्र बस्नेत लामो जेल जीवन विताएका थोरै नेतामध्येमा पर्छन्। उनले आफ्नो राजनीतिक जीवनमा १६ वर्षभन्दा धेरै वर्ष जेलमै बिताए। २०४८ सालमा संखुवासभा र २०५१ सालमा भोजपुरबाट प्रत्यक्ष निर्वाचित भए पनि उनले मन्त्री हुने अवसर पाएनन्। बरु विभिन्न नेताको गुटबन्दीको सिकार भए।

एमाले अध्यक्ष ओलीकै गृह जिल्ला झापामै उनको पनि निर्वाचन क्षेत्र थियो। तर चुनाव जित्न नसक्ने आकलनका साथ उनी ओझेलमा पारिएका थिए। एकीकृत समाजवादी गठन भएपछि झापाली विद्रोहीका नेता बस्नेत फेरि फ्रन्टमा देखिएका हुन्।

उपाध्यक्षमा साह
उपाध्यक्ष धर्मनाथप्रसाद साह तत्कालीन मसाल पृष्ठभूमिबाट माले हुँदै एमालेमा जोडिएका हुन्। सिराहका साहले २०५६ सालमा संसदीय निर्वाचन जितेका थिए। दोस्रो जनआन्दोलनपछि सामान्य प्रशासन मन्त्री समेत भएका थिए। २०७० सालको निर्वाचनमा पार्टीका उम्मेदवारलाई नसघाएको आरोप लागेपछि उनी ओझेल पर्दै गएका थिए। उनी निष्क्रिय जस्तै भएका थिए।

साह आठौं महाधिवेसनबाट केन्द्रीय कमिटीमा आए पनि खासै सक्रिय हुन सकेनन्। नेकपामा केन्द्रीय कमिटीमा भए पनि प्रभावकारी उपस्थिति देखाउन सकेनन्। एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेर उपाध्यक्ष भएका छन्। अब भने सक्रियता बढाउने नेताहरुको दाबी छ।

केशवलाल श्रेष्ठ पनि उपाध्यक्ष
उपाध्यक्ष केशवलाल श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन जित्न नसके पनि राष्ट्रिय सभाबाट सांसद भई २०५४ सालमा स्थानीय विकास मन्त्री हुन सफल भएका थिए। तत्कालीन महाकाली सन्धिपछि मालेमा सक्रिय भएका श्रेष्ठ वामदेव गौतमनिकट मानिन्छन्। गौतमनिकट भएकाले उनले एमालेमा खासै अवसर पाएका थिएनन्। 

श्रेष्ठ एमालेमा पोलिटब्यूरो सदस्य र नेकपामा केन्द्रीय सदस्य भएका थिए। एमाले विभाजनका बेला गौतम कतै नखुलेपछि श्रेष्ठ नेपाल पक्षमा लागेका हुन्। पाको उमेरमा नयाँ पार्टीमा लागेका उनले उपल्लो तहको जिम्मेवारी पाएका हुन्।

प्रवक्ता भएपछि जगन्नाथ चर्चामा 
जनगन्नाथ खचिवडा विद्यार्थी राजनीतिबाट उदाएका चर्चित नेता हुन्। रत्नराज्य लक्ष्मी क्याम्पस र त्रिभुवन विश्वविद्यालय र्कीतिपुरका स्ववियु सभापति भए। विद्यार्थी संगठन अनेरास्ववियुको महासचिव समेत बने। २०५६ सालको निर्वाचनमा उदयपुरबाट निर्वाचित भएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा माओवादी उम्मेदवारसँग पराजित भए।

त्यसयता भएका निर्वाचनमा टिकट नपाएकाले सांसद भएनन्। मन्त्री पनि हुने कुरा भएन। उनी नेपालनिकट नेता भएकाले पार्टीमा खासै अवसर नपाउँदा ओझेल जस्तै परेका थिए। एमालेमा पोलिटब्यूरो सदस्य थिए। एमाले-माओवादी एकतापछि केन्द्रीय कमिटीमा आएका थिए। उनलाई पोलिटब्यूरो सदस्य बन्ने सम्भावना थियो, तर त्यो कमिटी गठन नै भएन।

नेकपादेखि एमालेसम्म आउँदा निरन्तर ओली विरुद्धको मोर्चामा डटेर लागेका थिए। नेपालनिकट भई ओली प्रवृत्तिविरुद्ध निरन्तर प्रतिवादमा उत्रिएका कारण उनले चर्चा पाएका थिए। एकीकृत समाजवादी गठन भएपछि उनले पार्टी प्रवक्ता एवं सचिवको जिम्मेवारी पाएका छन्। पछिल्लो समय दैनिक जसो मिडियामा छाउन थालेका छन्।

सचिव नागेन्द्रप्रसाद चौधरी
एकीकृत समाजवादीको एक जना सचिव नागेन्द्रप्रसाद चौधरीले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेका छैनन्। उनी २०४८ र २०५६ सालको निर्वाचनमा पराजित भएका थिए। पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएपछि कृषि राज्य मन्त्री भएका थिए।

दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा नाम भए पनि छनोटमा परेनन्। पार्टीभित्र गुटको शिकार हुँदा पछाडि पारिएको चौधरीले बताए। ‘पञ्चायती शासन व्यवस्थामा विद्यार्थी राजनीतिमा संघर्ष गरेँ। दुई संसदीय चुनावमा भाग लिएँ’, चौधरीले नेपाल लाइभसँग भने, ‘पार्टीभित्र गुटकै कारण पछाडि पारियो।’

चौधरी नेकपा एमालेको पोलिटब्यूरो सदस्य थिए। नेकपामा केन्द्रीय सदस्य भएका चौधरी पार्टी विवादमा खासै खुलेका थिएनन्। एमाले विभाजन हुँदा ओलीप्रति पनि तीतो पोखेनन्। पार्टीलाई समानुपातिक समावेशी बनाउनुपर्ने भएपछि चौधरीले सचिवको जिम्मेवारी पाएको बताइन्छ।

विरोध खतिवडाको विरोधले फेरि चर्चामा
खतिवडा २०४८, २०५१, २०५६ सालमा मकवानपुरबाट निर्वाचित सांसद हुन्। लगातार सांसद भएकाले २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा टिकट पाएनन्। पार्टीभित्र पनि माधव नेपालसँग नजिक भएकाले मन्त्री हुने अवसर पनि पाएनन्। मन्त्री र सांसद् नभएपछि बीचमा हराए जस्तै भए।

सांसदको भूमिकामा निक्कै चर्चित मानिने विरोध खतिवडा १० वर्ष गुटको पेलानले ओझेलमा परे। यद्यपि, पार्टीमा भने पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि २०७४ मा मकवानपुर- २ बाट निर्वाचित भई चौंथोपटक संसद्‌मा छिर्ने अवसर  पाए। चौंथोपटक सांसद हुँदा पनि ओलीले उनलाई मन्त्री बनाएनन्। नेपाल गुटका भएकाले ओलीको नजरमा परेनन्।

संसद् विघटनदेखि एमाले विभाजनसम्म विरोधले ओलीविरुद्ध चर्का अभिव्यक्ति दिए। ओलीकै विरोधले विरोधलाई संसद् र पार्टीमा थप चर्चित बनायो। पार्टी विभाजन भएपछि एकीकृत समाजवादीबाट मन्त्री हुनेहरुमा उनको चर्चा छ। स्थायी कमिटीमा पनि उनी समेटिने बताइन्छ।

नयाँ नेतामा रामकुमारी र मेटमणि
एमाले विवादमा युवा नेता रामकुमारी झाँक्री र मेटमणि चौधरी निकै चर्चित भए। विद्यार्थी राजनीतिमा छँदैदेखि चर्चित नेता झाँक्री प्रतिनिधि सभा विघटनपछि कडा अभिव्यक्तिकै कारण मिडियाको आँखामा परिरहिन्। 

एमाले विभाजनले उनलाई थप चिनाउने मौका दियो। त्यसैले उनलाई पार्टी सचिव बनाइएको छ। उनको चर्चा पार्टीभित्र र बाहिर हुन थालेपछि पदाधिकारी र मन्त्री बनाउनै पर्ने दबाब बढेको छ। तर, उनी मन्त्री बन्ने सम्भावना भने न्यून रहेको नेताहरू बताउँछन्।

केन्द्रीय सदस्य मेटमणि चौधरी पनि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतितिर प्रवेश गरेका हुन्। उनी मूलतः भुगोलको राजनीति गरेर अगाडि बढेका हुन्। दाङ- १ बाट गएको प्रतिनिधि सभामा निर्वाचित भएर आउँदा खासै चर्चामा नरहेका उनी प्रतिनिधि सभा विघटनपछि ओलीको चर्को विरोधमा उत्रिए। उनी मन्त्री हुने पक्कापक्की भएको बताइन्छ। उनले स्थायी कमिटी सदस्यको जिम्मेवारी पनि पाउने आकलन गरिएको छ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को... बुधबार, साउन ६, २०८३
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्र... बुधबार, साउन ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै बुधबार, साउन ६, २०८३
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बुधबार, साउन ६, २०८३
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा बुधबार, साउन ६, २०८३
अण्डाको मूल्य बढ्यो बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्