काठमाडौं– राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरान र सबिन मेमोरियल एफसी पोखरासँग बराबरी रोकिएको छ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा राइजिङ र सबिनले ५-५ गोलको बराबरी खेले।
राइजिङका लागि सुदिप गुरुङले ह्याट्रिक गरे। हेमन्त थापा मगरले दुई गोल गरे।
सबिनको लागि अविनाश तामाङ र मनिस क्षेत्रीले २/२ गोल गरे। सुनिल बिकेले एक गोल गरे।
बराबरीसँगै राइजिङले ५ खेलमा १० अंक जोडेको छ। राइजिङ लिगको तेस्रो स्थानमा रहेको छ।
सबिन १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।