१) एमालेमा कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने र सात उपाध्यक्ष हुनुपर्ने माग, समूहगत छलफलको निष्कर्ष सुनाउने टोली नेतामा नेपाललाई छोडेर आएकाहरूले जिम्मेवारी पाएनन् । (एमालेको कार्यकारी पदमा समयावधि तोक्न माग)
२) ६४ जिल्लामा कांग्रेसको गाउँ–नगर अधिवेशन आजबाट सुरु, १३ जिल्लाको क्रियाशील सदस्यता नै टुङ्गो लाग्न सकेन, प्रकाशमान सिंहले पनि घोषणा गरे सभापतिको उम्मेद्वारी । ( प्रकाशमानले पनि घोषणा गरे सभापतिको उम्मेद्वारी)
३) सार्वजनिक सवारी साधनको भाडा बढ्यो, यात्रुवहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि । (सार्वजनिक सवारी साधनको भाडा बढ्यो)
४) राष्ट्र संघको महासभामा पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतको चर्को आलोचना, पाँच अगस्ट २०१९ पछि अवैध र एकतर्फी कदम उठाएको दाबी, कश्मीरका नेताहरुलाई जेलमा बन्द गरेको आरोप । (पाकिस्तानी प्रधानमन्त्रीद्वारा भारतको आलोचना)
५) र, चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग आजदेखि सुरु, रहमुल्लाह र रायनको अर्धशतक, ललितपुर प्याट्रिओट्समाथि काठमाडौं किंग्स इलाभेनको सहज जित, ललितपुर ७ विकेटले पराजित । (ईपीएल आजदेखि सुरु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।