काठमाडौं- छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल भलिबल संघले शनिबार १० देखि १६ असोजसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो।
पहिलो दिन पुरुषतर्फको समूह चरणको चार खेलमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फको खेल १२ असोजदेखि सुरु हुने बताइएको छ।
पहिलो दिन विभागीय त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश, एपीएफ र ढोरपाटन स्पोर्ट्स क्लब, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र दावाली मिलन क्लब ९डिएमसी० बीच प्रतिस्पर्धा हुनेछ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।