• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनआरएनए जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्नुको विकल्प छैन

64x64
डा. बलराम श्रेष्ठ शनिबार, असोज ९, २०७८  २०:४०
1140x725

करिब तीन महिनाअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन भयो। स्वच्छ र निष्पक्षरुपमा प्रविधिको प्रयोग गरी मतदान गराउने उद्देश्यले २०२१ जुलाई ३० तारिखमा चुनाव भएको थियो। एनआरएनए राष्ट्रिय समन्वयन परिषद् जापानको निर्वाचनमा ई-भोटिङमा धाँधली भएको प्रमाण भेटियो।

निर्वाचन परिणामप्रति उम्मेदवार र मतदाताले असन्तुष्टि व्यक्त गर्दै अध्यक्षमण्डलमा उजुरी गरेपछि गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो। चुनावमा मत राख्ने अधिकार नभएकाहरुले पनि अनधिकृत इमेल प्रयोग गरी ई-भोटिङ गरी धाँधली गरेको छानबिन समितिले प्रमाण भेट्टाएको छ। जापानको निर्वाचन एउटा भ्रम सिर्जना गर्न मात्र आयोजना गरिएको थियो भन्ने सार्वजनिक रुपमा पुष्टि भइसकेको छ।

सामान्यतया: निर्वाचनमा हारजित भएपछि पराजित पक्षले धाँधली भयो भनेर असन्तुष्टि जनाउने प्रचलन जस्तो भएको पाइन्छ। तर, यसपटक भएको एनआरएनए जापानको अनलाइन भोटिङ प्रक्रियामा मतदाताहरुको अधिकार हनन् गरी प्रविधिको चरम दुरुपयोग भएको संसारभर रहेका नेपालीले जानकारी पाइसकेका छन्। भेण्डर, आईसीसी, आईसीसी आईटी एडमिन, जापान एनसीसी एडमिनका  केही व्यक्तिले जालझेलको काम गरेको प्रमाण छानबिनमा भेटिएको छ। जापानको चुनाव धाँधली भनेर संसारभरका नेपालीले चिच्याएर विरोध र भर्त्सना  गरिरहेका छन्।

गलतलाई सत्य मार्गमा हिँडाइ परिवर्तन गर्न समाज सेवामा लागिरहनुपरेको हो। कुनै काम गर्दा अनियमितता भएमा गल्ती स्वीकार गरी सच्याउनतर्फ लाग्नु संसारकै महान काम हो। गलत प्रवृत्ति सच्याएर स्वत:स्फूर्त रुपमा असल संस्था बनाउनु तपाइँ हामी सबैको दायित्व हो। सबैले गलत गरेको भनिएको छैन। केही व्यक्ति र समूहले गलत गरेर संस्थाको बद्‍नाम भइरहेको छ। संस्थाको नाममा व्यक्तिगत स्वार्थ पूरा गर्न एनआरएनए जापान, एनआरएनए आईसीसीलाई केही व्यक्तिले बद्‍नाम गर्न खोजिरहेका छन्। आफ्नो पञ्जीकृत सदस्यहरुको विवरण अनुमतिबिना चोर्नेहरुलाई आईसीसीले कारबाही गर्नेतर्फ अझैसम्म कुनै चासो देखाएको छैन। यसले संसारभरका नेपाली यो अभियानप्रति निराश हुँदै गएको हामीले महसुस गरेका छौं।

एनआरएनए संरक्षकसँगको बैठकमा एनआरएनको जापानमा चुनाव धाँधलीको समस्या अझै जटिल बन्दै गइरहेको छ। केही आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुठो प्रचार गरेको सुनिएको छ। धाँधलीमा संलग्न व्यक्तिको नाम सार्वजनिक गर्नु आईसीसी अध्यक्षलगायत सम्बन्धित सबैको जिम्मवारी हो।

छानबिन समितिका संयोजक प्रधानांगसहितको छानबिन समितिले गलत भएको प्रमाणित गरी बाहिर ल्याइसक्दा पनि संस्थापन पक्ष चुप लागेर बसेको छ। एनआरएनएको स्थापनादेखि आजसम्म आउँदा पहिलोपटक प्रवासी नेपालीहरुको छाता संगठन भनेर चिनिएको संस्थाको बिग्रँदो छविबारे नेपाल सरकारको सम्बद्ध निकायले पनि चासो देखाएको छ। जापानमा २०२१ अगस्ट २९ तारिखमा छानबिन समितिले प्रतिवेदन पेस गर्दै निर्वाचनमा धाँधली भएको पुष्टि गरेको थियो। त्यस विषयमा परराष्ट्र मन्त्रालयले पनि पत्र पठाइसकेको छ। तर, नेतृत्वको मौनता, जसरी भए पनि गलत काम गर्नेलाई सजाय गरी सुधारको बाटोमा लाग्नुपर्छ। नेतृत्वले पेलेर जाने नियत देखिनु अत्यन्त खेद्‍पूर्ण छ।

एनआरएनए संरक्षकसँगको बैठकमा एनआरएनको जापानमा चुनाव धाँधलीको समस्या अझै जटिल बन्दै गइरहेको छ। केही आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुठो प्रचार गरेको सुनिएको छ। धाँधलीमा संलग्न व्यक्तिको नाम सार्वजनिक गर्नु आईसीसी अध्यक्षलगायत सम्बन्धित सबैको जिम्मवारी हो। २०७८ भदौ १७ को परराष्ट्र मन्त्रालयको पत्रको अनुशरण गर्दा पनि नेपाल सरकारले जुलाई ३० को एनआरएनए जापानको निर्वाचनमा भएको अनियमिता रद्द हुनुपर्ने आशय रहेको छ भने पछिल्लोपटक एनआरएनए केन्द्रले परराष्ट्र मन्त्रालयलाई जापानको विषयमा सोधिएको प्रश्नमा कुनै जवाफ नदिनु एनआरएनए केन्द्रले धाँधली स्वीकार गर्नु बराबर हो। अझ यो भन्न सकिन्छ दर्ता भएको निकायले बेथितिमा चलेको बेलामा सुपरीवेक्षण समेत गर्न पाइँदैन भनेर संस्थापन पक्षधरको निर्देशनमा सर्वोच्च अदालतमा रिट निवेदन हालेर बेथिति र विसंगतिलाई प्रश्रय दिनखोज्नु संस्थापन पक्षको बद्‍नीयतको पराकाष्टा र नियतबाहिर आएको देखिन्छ।

यस्तो नियतप्रति  जापानलगायत अन्य देशमा रहेका  सम्पूर्ण प्रवासी नेपाली समाजले प्रस्टरुपमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ। संसारभरका नि:स्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि यस्तो बद्‍नीयतलाई उजागर गरी बेथिति र विसंगतिलाई सच्याएर लानु पर्छ भनी एकजुट भएर बुलन्द आवाज उठाइरहेका छन्। यसरी एकपछि अर्को प्रतिवेदन र नेपाल सरकारसमेतले धाँधली भएको कुरालाई आत्मसात गरिसकेकाले यस प्रकरणलाई गम्भीर रुपमा लिन आवश्यक छ। जापानको धाँधलीपूर्ण निर्वाचन तत्काल रद्द गरी अक्टोबरमा तय भएको आईसीसीको आसन्न महाधिवेशन र निर्वाचनको बाटो खोल्नुपर्छ। समस्या जापानको मात्र नभइ अन्य देशमासमेत फैलिन नदिइ नेपाली एकता, भाइचारा र एनआरएनएप्रति गोलबद्ध बनाउन केन्द्रले सत्य तथ्यलाई आत्मसात गर्नैपर्छ।

Ncell 2
Ncell 2

तत्काल एनआरएनए आईसीसीसँग प्रवासी नेपालीहरुको माग यस्तो छ:

१. जापानमा जुलाई ३० मा भएको निर्वाचन तत्काल रद्द गरिएको घोषणा गरियोस्। धाँधलीपूर्ण निर्वाचनबाट निर्वाचित भनिएको कथित कार्यसमितिलाई मान्यता नदिइयोस्। यथाशक्य चाँडो निर्वाचन गरी वैद्य कार्यसमिति नबनुन्जेल हामी जापानवासी नेपालीले यो कथित समितिलाई कुनै पनि हालतमा मान्यता दिने छैनौं।

२. निर्वाचन रद्द नहुँदासम्म एनआरएनए जापानको नाममा रहेको आर्थिक कोष २०१९-२०२१ को कार्यसमितिसँग रहनेसमेत जानकारी गराउँछौं।

३. वैधानिक कार्यसमिति नबनेसम्म कहिँ कतै जापान एनआरएनएको नाममा कसैले कुनै पनि कार्यक्रम गरेमा, गर्न लगाएमा बाधा अवरोध हुनसक्नेछ।

४. जापानलगायत विश्वभर रहेका सबै संघसस्थालाई जापानको कथित अवैधानिक कार्यसमितिले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुनसमेत हार्दिक आह्वान गर्दछौं।

५. कथित अवैधानिक कार्यसमितिका सम्पूर्ण साथीहरुले आफ्नो मन ठूलो बनाएर धाँधली भएको निर्वाचन रद्द गर्न एवं अवैधानिक कार्यसमितिमा हामी बस्दैनौं भन्ने समूहगतरुपमा घोषणा  गरी ‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

६. विगत लामो समयदेखि एनआरएन जापानमा सदस्य भइ काम गरिरहेको पञ्जीकृत सदस्य तथा काम गरेका सदस्यहरुलाई उचित रुपमा ६५ प्रतिशत, निर्वाचनबाट चुनिएर जाने पञ्जीकृत सदस्यबाट २५ प्रतिशत र एनआरएनए जापानलाई विशेष योगदान दिएका सदस्यबाट १० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा निर्वाचन लगायतको आवश्यक प्रक्रिया केही पनि नगरी सदस्य नभएको, भ्रष्टाचारको अभियोग लागेको सदस्य तथा उनीहरुको परिवार, कहिल्यै एनआरएनएमा काम नगरेकालाईसमेत प्रतिनिधि बनाएको, संस्थामा लामो समय योगदान दिएकालाई पाखा लगाएर आफ्ना मान्छेलाई भोट बैंकको रुपमा एक पक्षीय नामावली पठाइएकोले बदर गर्न अनुरोध गर्दछौं।

७. अद्वितीय ज्ञानको भण्डार मानिएको संस्थामा पदलोलुपताको वर्चश्व बढ्दै गएको छ। पवित्र संस्था दुर्गन्धको महासागर बन्ने सम्भावना बढेको छ। यति धेरै प्रमाण छताछुल्ल हुँदाहुँदै पनि जनमतको अपमान गरी अघि बढ्ने चेष्टा गरिएमा सारा प्रवासी जापानी नेपालीको सहकार्यमा समानान्तर समिति बनाएर गलत प्रवृत्तिविरुद्ध लड्न बाध्य हुनेछौं।

८. अहिले बहाल रहेको कुमार पन्त अध्यक्ष रहेको एनआरएनए केन्द्रीय समितिलाई हामी जापानवासी नेपाली एनआरएनए सदस्यलगायत संसारभरि छरिएर रहेका सदस्यहरुले गत जुलाई ३१ तारिखदेखि करिब ५५ दिनसम्म निरन्तर सयौं निवेदन, इमेल, बैठकहरु गरिरहँदा पनि उचित र ठोस निर्णय गर्न नसकेको हुनाले हामी सारै दु:खित र मर्माहत भएका छौं। केन्द्रीय समितिले एनआरएनए राष्ट्रिय समितिहरुका समस्यालाई समाधान गर्न नसकेको, बेवास्ता गरेको, नचाहेको वा विधानविपरीत काम गर्न चाहिरहेको तथ्य हरेक सदस्यले मूल्यांकन गरिरहेका छन्। करिब २ महिनासम्म पनि समितिले कुनै निर्णय नगरी झन अप्रत्यक्ष रुपमा सर्वोच्च अदालतमा मुद्दा मामिला गरी एनआरएनए जापान लगायतको धाँधलीपूर्ण निर्वाचनलाई यथास्थितिमा राखी संस्थाको हितविपरीत क्रियाकलाप गर्दै गरेको हुनाले सम्पूर्ण प्रवासी एनआरएनए सदस्यहरुको अहिलेको कार्यसमितिप्रति पूर्ण अविश्वास उत्पन्न हुँदै गइरहेको देखिन्छ।

आउँदा दिनहरुमा एनआरएनएको स्वच्छतालाई कायम राख्न एनआरएनए संरक्षक समितिका सम्पूर्ण अग्रज संरक्षकज्यूहरुले अहिले उत्पन्न भएको जापानको विवादलाई जिम्मा लिएर जुलाई ३० को जापानको निर्वाचन रद्द गरी एउटा स्वच्छ एनआरएनए निर्माण गरी सम्पूर्ण प्रवासी नेपालीको आत्मबल बढाउन एउटा ठोस निर्णय गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो।

(अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. श्रेष्ठ एनआरएनए जापानका पूर्वसल्लाहकार हुन्।)

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. बलराम श्रेष्ठ
लेखकबाट थप
एनआरएनए जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्नुको विकल्प छैन
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्