• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनआरएनए जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्नुको विकल्प छैन

64x64
डा. बलराम श्रेष्ठ शनिबार, असोज ९, २०७८  २०:४०
1140x725

करिब तीन महिनाअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन भयो। स्वच्छ र निष्पक्षरुपमा प्रविधिको प्रयोग गरी मतदान गराउने उद्देश्यले २०२१ जुलाई ३० तारिखमा चुनाव भएको थियो। एनआरएनए राष्ट्रिय समन्वयन परिषद् जापानको निर्वाचनमा ई-भोटिङमा धाँधली भएको प्रमाण भेटियो।

निर्वाचन परिणामप्रति उम्मेदवार र मतदाताले असन्तुष्टि व्यक्त गर्दै अध्यक्षमण्डलमा उजुरी गरेपछि गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो। चुनावमा मत राख्ने अधिकार नभएकाहरुले पनि अनधिकृत इमेल प्रयोग गरी ई-भोटिङ गरी धाँधली गरेको छानबिन समितिले प्रमाण भेट्टाएको छ। जापानको निर्वाचन एउटा भ्रम सिर्जना गर्न मात्र आयोजना गरिएको थियो भन्ने सार्वजनिक रुपमा पुष्टि भइसकेको छ।

सामान्यतया: निर्वाचनमा हारजित भएपछि पराजित पक्षले धाँधली भयो भनेर असन्तुष्टि जनाउने प्रचलन जस्तो भएको पाइन्छ। तर, यसपटक भएको एनआरएनए जापानको अनलाइन भोटिङ प्रक्रियामा मतदाताहरुको अधिकार हनन् गरी प्रविधिको चरम दुरुपयोग भएको संसारभर रहेका नेपालीले जानकारी पाइसकेका छन्। भेण्डर, आईसीसी, आईसीसी आईटी एडमिन, जापान एनसीसी एडमिनका  केही व्यक्तिले जालझेलको काम गरेको प्रमाण छानबिनमा भेटिएको छ। जापानको चुनाव धाँधली भनेर संसारभरका नेपालीले चिच्याएर विरोध र भर्त्सना  गरिरहेका छन्।

गलतलाई सत्य मार्गमा हिँडाइ परिवर्तन गर्न समाज सेवामा लागिरहनुपरेको हो। कुनै काम गर्दा अनियमितता भएमा गल्ती स्वीकार गरी सच्याउनतर्फ लाग्नु संसारकै महान काम हो। गलत प्रवृत्ति सच्याएर स्वत:स्फूर्त रुपमा असल संस्था बनाउनु तपाइँ हामी सबैको दायित्व हो। सबैले गलत गरेको भनिएको छैन। केही व्यक्ति र समूहले गलत गरेर संस्थाको बद्‍नाम भइरहेको छ। संस्थाको नाममा व्यक्तिगत स्वार्थ पूरा गर्न एनआरएनए जापान, एनआरएनए आईसीसीलाई केही व्यक्तिले बद्‍नाम गर्न खोजिरहेका छन्। आफ्नो पञ्जीकृत सदस्यहरुको विवरण अनुमतिबिना चोर्नेहरुलाई आईसीसीले कारबाही गर्नेतर्फ अझैसम्म कुनै चासो देखाएको छैन। यसले संसारभरका नेपाली यो अभियानप्रति निराश हुँदै गएको हामीले महसुस गरेका छौं।

एनआरएनए संरक्षकसँगको बैठकमा एनआरएनको जापानमा चुनाव धाँधलीको समस्या अझै जटिल बन्दै गइरहेको छ। केही आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुठो प्रचार गरेको सुनिएको छ। धाँधलीमा संलग्न व्यक्तिको नाम सार्वजनिक गर्नु आईसीसी अध्यक्षलगायत सम्बन्धित सबैको जिम्मवारी हो।

छानबिन समितिका संयोजक प्रधानांगसहितको छानबिन समितिले गलत भएको प्रमाणित गरी बाहिर ल्याइसक्दा पनि संस्थापन पक्ष चुप लागेर बसेको छ। एनआरएनएको स्थापनादेखि आजसम्म आउँदा पहिलोपटक प्रवासी नेपालीहरुको छाता संगठन भनेर चिनिएको संस्थाको बिग्रँदो छविबारे नेपाल सरकारको सम्बद्ध निकायले पनि चासो देखाएको छ। जापानमा २०२१ अगस्ट २९ तारिखमा छानबिन समितिले प्रतिवेदन पेस गर्दै निर्वाचनमा धाँधली भएको पुष्टि गरेको थियो। त्यस विषयमा परराष्ट्र मन्त्रालयले पनि पत्र पठाइसकेको छ। तर, नेतृत्वको मौनता, जसरी भए पनि गलत काम गर्नेलाई सजाय गरी सुधारको बाटोमा लाग्नुपर्छ। नेतृत्वले पेलेर जाने नियत देखिनु अत्यन्त खेद्‍पूर्ण छ।

एनआरएनए संरक्षकसँगको बैठकमा एनआरएनको जापानमा चुनाव धाँधलीको समस्या अझै जटिल बन्दै गइरहेको छ। केही आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुठो प्रचार गरेको सुनिएको छ। धाँधलीमा संलग्न व्यक्तिको नाम सार्वजनिक गर्नु आईसीसी अध्यक्षलगायत सम्बन्धित सबैको जिम्मवारी हो। २०७८ भदौ १७ को परराष्ट्र मन्त्रालयको पत्रको अनुशरण गर्दा पनि नेपाल सरकारले जुलाई ३० को एनआरएनए जापानको निर्वाचनमा भएको अनियमिता रद्द हुनुपर्ने आशय रहेको छ भने पछिल्लोपटक एनआरएनए केन्द्रले परराष्ट्र मन्त्रालयलाई जापानको विषयमा सोधिएको प्रश्नमा कुनै जवाफ नदिनु एनआरएनए केन्द्रले धाँधली स्वीकार गर्नु बराबर हो। अझ यो भन्न सकिन्छ दर्ता भएको निकायले बेथितिमा चलेको बेलामा सुपरीवेक्षण समेत गर्न पाइँदैन भनेर संस्थापन पक्षधरको निर्देशनमा सर्वोच्च अदालतमा रिट निवेदन हालेर बेथिति र विसंगतिलाई प्रश्रय दिनखोज्नु संस्थापन पक्षको बद्‍नीयतको पराकाष्टा र नियतबाहिर आएको देखिन्छ।

यस्तो नियतप्रति  जापानलगायत अन्य देशमा रहेका  सम्पूर्ण प्रवासी नेपाली समाजले प्रस्टरुपमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ। संसारभरका नि:स्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि यस्तो बद्‍नीयतलाई उजागर गरी बेथिति र विसंगतिलाई सच्याएर लानु पर्छ भनी एकजुट भएर बुलन्द आवाज उठाइरहेका छन्। यसरी एकपछि अर्को प्रतिवेदन र नेपाल सरकारसमेतले धाँधली भएको कुरालाई आत्मसात गरिसकेकाले यस प्रकरणलाई गम्भीर रुपमा लिन आवश्यक छ। जापानको धाँधलीपूर्ण निर्वाचन तत्काल रद्द गरी अक्टोबरमा तय भएको आईसीसीको आसन्न महाधिवेशन र निर्वाचनको बाटो खोल्नुपर्छ। समस्या जापानको मात्र नभइ अन्य देशमासमेत फैलिन नदिइ नेपाली एकता, भाइचारा र एनआरएनएप्रति गोलबद्ध बनाउन केन्द्रले सत्य तथ्यलाई आत्मसात गर्नैपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तत्काल एनआरएनए आईसीसीसँग प्रवासी नेपालीहरुको माग यस्तो छ:

१. जापानमा जुलाई ३० मा भएको निर्वाचन तत्काल रद्द गरिएको घोषणा गरियोस्। धाँधलीपूर्ण निर्वाचनबाट निर्वाचित भनिएको कथित कार्यसमितिलाई मान्यता नदिइयोस्। यथाशक्य चाँडो निर्वाचन गरी वैद्य कार्यसमिति नबनुन्जेल हामी जापानवासी नेपालीले यो कथित समितिलाई कुनै पनि हालतमा मान्यता दिने छैनौं।

२. निर्वाचन रद्द नहुँदासम्म एनआरएनए जापानको नाममा रहेको आर्थिक कोष २०१९-२०२१ को कार्यसमितिसँग रहनेसमेत जानकारी गराउँछौं।

३. वैधानिक कार्यसमिति नबनेसम्म कहिँ कतै जापान एनआरएनएको नाममा कसैले कुनै पनि कार्यक्रम गरेमा, गर्न लगाएमा बाधा अवरोध हुनसक्नेछ।

४. जापानलगायत विश्वभर रहेका सबै संघसस्थालाई जापानको कथित अवैधानिक कार्यसमितिले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुनसमेत हार्दिक आह्वान गर्दछौं।

५. कथित अवैधानिक कार्यसमितिका सम्पूर्ण साथीहरुले आफ्नो मन ठूलो बनाएर धाँधली भएको निर्वाचन रद्द गर्न एवं अवैधानिक कार्यसमितिमा हामी बस्दैनौं भन्ने समूहगतरुपमा घोषणा  गरी ‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

६. विगत लामो समयदेखि एनआरएन जापानमा सदस्य भइ काम गरिरहेको पञ्जीकृत सदस्य तथा काम गरेका सदस्यहरुलाई उचित रुपमा ६५ प्रतिशत, निर्वाचनबाट चुनिएर जाने पञ्जीकृत सदस्यबाट २५ प्रतिशत र एनआरएनए जापानलाई विशेष योगदान दिएका सदस्यबाट १० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा निर्वाचन लगायतको आवश्यक प्रक्रिया केही पनि नगरी सदस्य नभएको, भ्रष्टाचारको अभियोग लागेको सदस्य तथा उनीहरुको परिवार, कहिल्यै एनआरएनएमा काम नगरेकालाईसमेत प्रतिनिधि बनाएको, संस्थामा लामो समय योगदान दिएकालाई पाखा लगाएर आफ्ना मान्छेलाई भोट बैंकको रुपमा एक पक्षीय नामावली पठाइएकोले बदर गर्न अनुरोध गर्दछौं।

७. अद्वितीय ज्ञानको भण्डार मानिएको संस्थामा पदलोलुपताको वर्चश्व बढ्दै गएको छ। पवित्र संस्था दुर्गन्धको महासागर बन्ने सम्भावना बढेको छ। यति धेरै प्रमाण छताछुल्ल हुँदाहुँदै पनि जनमतको अपमान गरी अघि बढ्ने चेष्टा गरिएमा सारा प्रवासी जापानी नेपालीको सहकार्यमा समानान्तर समिति बनाएर गलत प्रवृत्तिविरुद्ध लड्न बाध्य हुनेछौं।

८. अहिले बहाल रहेको कुमार पन्त अध्यक्ष रहेको एनआरएनए केन्द्रीय समितिलाई हामी जापानवासी नेपाली एनआरएनए सदस्यलगायत संसारभरि छरिएर रहेका सदस्यहरुले गत जुलाई ३१ तारिखदेखि करिब ५५ दिनसम्म निरन्तर सयौं निवेदन, इमेल, बैठकहरु गरिरहँदा पनि उचित र ठोस निर्णय गर्न नसकेको हुनाले हामी सारै दु:खित र मर्माहत भएका छौं। केन्द्रीय समितिले एनआरएनए राष्ट्रिय समितिहरुका समस्यालाई समाधान गर्न नसकेको, बेवास्ता गरेको, नचाहेको वा विधानविपरीत काम गर्न चाहिरहेको तथ्य हरेक सदस्यले मूल्यांकन गरिरहेका छन्। करिब २ महिनासम्म पनि समितिले कुनै निर्णय नगरी झन अप्रत्यक्ष रुपमा सर्वोच्च अदालतमा मुद्दा मामिला गरी एनआरएनए जापान लगायतको धाँधलीपूर्ण निर्वाचनलाई यथास्थितिमा राखी संस्थाको हितविपरीत क्रियाकलाप गर्दै गरेको हुनाले सम्पूर्ण प्रवासी एनआरएनए सदस्यहरुको अहिलेको कार्यसमितिप्रति पूर्ण अविश्वास उत्पन्न हुँदै गइरहेको देखिन्छ।

आउँदा दिनहरुमा एनआरएनएको स्वच्छतालाई कायम राख्न एनआरएनए संरक्षक समितिका सम्पूर्ण अग्रज संरक्षकज्यूहरुले अहिले उत्पन्न भएको जापानको विवादलाई जिम्मा लिएर जुलाई ३० को जापानको निर्वाचन रद्द गरी एउटा स्वच्छ एनआरएनए निर्माण गरी सम्पूर्ण प्रवासी नेपालीको आत्मबल बढाउन एउटा ठोस निर्णय गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो।

(अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. श्रेष्ठ एनआरएनए जापानका पूर्वसल्लाहकार हुन्।)

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. बलराम श्रेष्ठ
लेखकबाट थप
एनआरएनए जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्नुको विकल्प छैन
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्