काठमाडौं– बलिउडका हस्ती अमिताभ बच्चन पान मसालाको विज्ञापन गरेपछि विवादमा परेका छन्। आफूलाई बलिउडकै इतिहास बोकेका कलाकारका रुपमा लिइने बच्चनले पान मसालाको विज्ञापन गरेपछि उनका प्रशंसकहरु भड्किएका छन्। उनले ‘कमला पसन्द’ नामक पान मसालाको विज्ञापन गरेका थिए।
बच्चनले विज्ञापनमा काम गरेको विषयमा उनका दर्शक मात्रै नभएर भारतको ‘नेसनल एन्टी टोब्याको अर्गनाइजेसन (एनजीओ)’ले समेत 'हस्तक्षेप' सुरु गरेको छ। उक्त संस्थाले बच्चनलाई आधिकारिक चिठ्ठी पठाउँदै विज्ञापनलाई तत्काल 'बन्द' गर्न भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
संस्थाले बच्चनलाई पठाएको चिठ्ठीमा भनिएको छ, ‘सुर्तीको सेवनले स्वास्थ्यमा असर गर्छ, खासगरी युवाहरुमा। बच्चन यो देशका हाइ प्रोफाइल मान्छ हुन् र यो सुर्तीको ब्राण्ड एम्बेसडर पनि हुन्। उनीबाट धेरै प्रभावित छन्। स्वास्थ्यमा असर गर्ने सामग्रीमा उनले गरेको विज्ञापन तत्काल छाड्नुपर्छ।’
यसबीच बच्चनले पनि विज्ञापन गरेकोमा आफ्नो विरोध हुँदा जवाफ दिएका छन्। उनले ट्वीटरमा आफूलाई यहि विषयमा सोधिएको प्रश्नमा भनेका छन्, ‘हामी कुनै पनि व्यवसायमा कसैको राम्रो हुन्छ भने हामी उसँग किन जोडिएका छौं भन्ने विषयलाई रोक्न आवश्यक छैन। यदि हामीसँग पनि व्यवसाय छ भने व्यवसायको बारेमा सोच्नु पर्छ। तपाईंहरुलाई लाग्छ मैले यो गर्नु हुन्थेन, तर यो गरेवापत मलाई पनि धनराशी दिइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।